२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन अपडेटः एक लाख ४१ हजारको मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।

नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका अध्यक्षमा तीन हजार ३०६, उपाध्यक्षमा दुई हजार ३४३ र वडाध्यक्षमा ३३ हजार १११ को मनोयन दर्ता भएको छ । २४ हजार २८३ महिला सदस्य, २१ हजार ९७९ महिला दलित सदस्य र ५१ हजार ९२ सदस्यको मनोनयन दर्ता भएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरुपमा मनोनयन दर्ता भएका थिए । आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।