५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख ३६ हजार २६९ ले दिए उम्मेदवारी



उम्मेदवारी दर्तामा कार्यकर्ता र उम्मेदवार
अ+ अ-

काठमाडौंः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एक लाख ३६ हजार २६९ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारका लागि यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने व्यवस्था गरेको थियो ।

आयोगका अनुसार प्रमुखमा ३ हजार २६१, अध्यक्षमा ३ हजार २५४, उपप्रमुखमा २ हजार ३ र उपाध्यक्षमा २ हजार २९२ जनाको उम्मेदवारी परेको छ ।

यस्तै, वडा अध्यक्षमा ३२ हजार ५९, महिला सदस्यमा २३ हजार ३७५, दलित महिला सदस्यमा २१ हजार ११५ र सदस्यमा ४८ हजार ९१० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयनको ढाँचा हेर्दा प्रमुख तथा अध्यक्ष पदका आकांक्षीहरुमा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरुको संख्या पनि अरु दलभन्दा बढी छ ।

No description available.