२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

४४ अर्ब डलरमा एलन मस्कले किने ट्वीटर, ट्रम्पको अकाउन्ट अब खुल्छ ?



अ+ अ-

काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्कले अन्ततः ४४ अर्ब अमेरिकी डलरमा लोकप्रिय सामाजिक संजाल ट्वीटर किनेका छन् । मस्कले ट्वीटर किन्दैछन् भन्ने हल्लाबीच ट्वीटरको बोर्डले मस्कले दिएको अफरलाई स्वीकार गरेको हो ।

अमेरिकी शेयर बजारमा पनि केही दिनदेखि ट्वीटरको शेयर मूल्य बढ्दै गएको थियो ।

ट्वीटर अहिले समकालीन विश्वमा सबैभन्दा ठूलो सोसल मिडिया (सामाजिक संजाल) मध्ये एक हो ।

मस्कले केही दिन अगाडि मात्र ट्वीटरको ९ प्रतिशत शेयर किनेका थिए । उनले ट्वीटर कम्पनी ५४.२० डलर प्रति शेयरको दरले कम्पनी खरिद गरेको बताएका छन् । केही दिन अघि ट्वीटर किन्ने मस्कको सार्वजनिक अभिव्यक्तिलाई ट्वीटरको बोर्डले खण्डन गरेको थियो ।

स्पेस एक्स अन्तरिक्ष कार्यक्रम, टेस्ला कार तथा सूचना प्रविधिमा अथाह लगानी गरी राम्रो प्रतिफल निकाल्न सफल उद्यमी मस्क विश्वमै नवीन वैज्ञानिक उपक्रमहरुको सफल प्रयोगका लागि चर्चित छन् । उनी विश्वकै धनीमध्येका एक व्यक्ति हुन् । फोब्र्स म्यागाजिनका अनुसार, उनीसँग २७४ अर्ब अमेरिकी डलर बराबरको खुद सम्पत्ति छ ।

ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् । उनले ट्वीटरका फेक अकाउन्ट हटाउनेदेखि कन्टेन्टका अवरोधहरु हटाउने प्रतिबद्धता जनाएका छन् ।

ट्वीटरलाई वाक स्वतन्त्रताका लागि निकै उत्कृष्ट प्लेटफर्मका रुपमा लिइन्छ । तर यो प्लेटफर्म विवादमुक्त भने छैन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरलाई हिंसा भड्काउन दुरुपयोग गरेको भन्दै ट्वीटरले उनको अकाउन्ट नै बन्द गरिदिएको थियो । अहिले मस्कले ट्वीटर किनेपछि त्यो बहस फेरि शुरु भएको छ ।

ट्रम्पका समर्थकहरुले एलन मस्कले ट्रम्पको अकाउन्ट फेरि खोल्न मद्दत गर्नु पर्ने बताएका छन् । तर ट्रम्प स्वयंले भने कसैसँग अनुरोध नगरेको बताएका छन् ।