२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सजिलो छैन कृषि व्यवसाय



अ+ अ-

विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्फ आकर्षित गराउन पनि कठिन हुने उहाँ बताउनुहुन्छ ।

हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उहाँजस्ता स्थानीय कृषकको भनाइ छ । विराटनगर महानगरपालिकाको रानीमा व्यवसाय गर्दै आउनुभएका पुरानो घर पहाडको भोजपुर बताउनु हुने व्यवसायी शेर्पा यतिकै बस्नुभन्दा केही गरौँ भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताउनुहुन्छ । आफ्नो जग्गा नभएपछि उहाँले मोरङको कटहरी गाउँपालिका–१ निवासी युवराज भट्टराईको आठ कठ्ठा जग्गा भाडा लिएर मेवा खेती गरिरहनुभएको छ ।

खेतमा पाइवन रेट लेडी नामक मेवा रोप्नुभएका शेर्पाले भाडाबापत वर्षेनी भट्टराईलाई रु एक लाख २० हजार शुल्क तिर्दै आउनुभएकोे छ । यस वर्ष लगभग रु तीन लाख आम्दानी गर्न सफल हुनुभएका उहाँले मेवा खेतीमा ढुसी र भाइरसले आक्रमण गरेर दुःख दिएकाले कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्रमुख रामदेव सिंहबाट प्रविधिक सहयोग लिइरहनुभएको छ स्थानीय नर्सरीबाट रु १५० का दरले जम्मा ८५० वटा मेवाको बिरुवा रोपेको बताउनुहुने शेर्पालाई सानैदेखि कृषि व्यवसायमा रुचि रहेको स्पष्ट पार्दै भन्नुभयो, “समय छैन गर्नु धेरै छ, जहान परिवारलाई पाल्नै प¥र्यो केही नगरी सुख छैन, त्यसैले यो खेती सुरु गरे ।”

खेतमै आएका व्यापारीलाई काँचो मेवा प्रतिकेजी रु ७० का दरले बिक्री गर्दा उनीहरुले बजारमा प्रतिकेजी रु १०० मा बिक्री गरिहेका पाइन्छ ।उहाँ भन्नुहुन्छ, “भारतीय मेवा नेपाल बजारमा नआउने हो भने हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।” मेवा खेतीमा सुरुमा रु दुई लाख खर्च भएकामा अहिले ढुसी र भाइरस व्यवस्थापन खर्च भइरहेको शेर्पा जानकारी दिनुहुन्छ ।

मेवाखेतीका अतिरिक्त बङ्गुरपालन पनि सुरु गर्नुभएका उहाँ सुरुमा २० वटा बङ्गुरपालनका लागि संरचना निर्माण गर्न करिब रु २७ लाख खर्च भएकोे र खर्च नपुगेर कृषि विकास बैंकसँग कृषि ऋण रु १५ लाख झिकेको बताउनुहुन्छ । बङ्गुरमा तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक शेर्षा काममा मेहनती, लगनशील देखिनुभएको छ ।कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ । रासस