४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

सजिलो छैन कृषि व्यवसाय

सजिलो छैन कृषि व्यवसाय
अ+ अ-

विराटनगर । बाँझो जग्गा भाडामा लिएर सुरु गरिएको कृषि व्यवसाय व्यवसायी टेन्टु शेर्पाका लागि सहज लागेको छैन । सानोस्तरबाट उत्पादनमा जोडिएका आफूजस्तै अन्य कृषक वा व्यवसायीलाई राज्यले यथोचित सहयोग नगरेसम्म व्यवसाय नफष्टाउने र वर्षेनी विदेशिने युवालाई यसतर्फ आकर्षित गराउन पनि कठिन हुने उहाँ बताउनुहुन्छ ।

हामी खाने मात्रै, उत्पादन नगर्ने कसरी मुलुकमा समृद्धि आउँछ, यसका लागि उत्पादनमा जोड दियो भने परनिर्भरतालाई हटाउन मद्दत पुग्ने उहाँजस्ता स्थानीय कृषकको भनाइ छ । विराटनगर महानगरपालिकाको रानीमा व्यवसाय गर्दै आउनुभएका पुरानो घर पहाडको भोजपुर बताउनु हुने व्यवसायी शेर्पा यतिकै बस्नुभन्दा केही गरौँ भावनाले पछिल्लो एक वर्षदेखि कृषिलाई मुख्य पेशा बनाएर काममा लागेको बताउनुहुन्छ । आफ्नो जग्गा नभएपछि उहाँले मोरङको कटहरी गाउँपालिका–१ निवासी युवराज भट्टराईको आठ कठ्ठा जग्गा भाडा लिएर मेवा खेती गरिरहनुभएको छ ।

खेतमा पाइवन रेट लेडी नामक मेवा रोप्नुभएका शेर्पाले भाडाबापत वर्षेनी भट्टराईलाई रु एक लाख २० हजार शुल्क तिर्दै आउनुभएकोे छ । यस वर्ष लगभग रु तीन लाख आम्दानी गर्न सफल हुनुभएका उहाँले मेवा खेतीमा ढुसी र भाइरसले आक्रमण गरेर दुःख दिएकाले कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्रमुख रामदेव सिंहबाट प्रविधिक सहयोग लिइरहनुभएको छ स्थानीय नर्सरीबाट रु १५० का दरले जम्मा ८५० वटा मेवाको बिरुवा रोपेको बताउनुहुने शेर्पालाई सानैदेखि कृषि व्यवसायमा रुचि रहेको स्पष्ट पार्दै भन्नुभयो, “समय छैन गर्नु धेरै छ, जहान परिवारलाई पाल्नै प¥र्यो केही नगरी सुख छैन, त्यसैले यो खेती सुरु गरे ।”

खेतमै आएका व्यापारीलाई काँचो मेवा प्रतिकेजी रु ७० का दरले बिक्री गर्दा उनीहरुले बजारमा प्रतिकेजी रु १०० मा बिक्री गरिहेका पाइन्छ ।उहाँ भन्नुहुन्छ, “भारतीय मेवा नेपाल बजारमा नआउने हो भने हाम्रो व्यवसाय फस्टाउने र आम्दानी हेरेर अन्य युवा पनि यस पेशामा अकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ ।” मेवा खेतीमा सुरुमा रु दुई लाख खर्च भएकामा अहिले ढुसी र भाइरस व्यवस्थापन खर्च भइरहेको शेर्पा जानकारी दिनुहुन्छ ।

मेवाखेतीका अतिरिक्त बङ्गुरपालन पनि सुरु गर्नुभएका उहाँ सुरुमा २० वटा बङ्गुरपालनका लागि संरचना निर्माण गर्न करिब रु २७ लाख खर्च भएकोे र खर्च नपुगेर कृषि विकास बैंकसँग कृषि ऋण रु १५ लाख झिकेको बताउनुहुन्छ । बङ्गुरमा तत्काल आम्दानी नभए पनि पछि राम्रै आम्दानी हुने भन्दै कृषक शेर्षा काममा मेहनती, लगनशील देखिनुभएको छ ।कृषि व्यवसायमा आबद्ध कृषकको माग नै प्राविधिक सहयोग, मल, बीउपछि सिँचाइ सुविधाको छ । अन्य युवालाई यस पेशामा आकर्षित हुनसक्ने गरी तीनवटै तहका सरकारबाट सहयोग उपलब्ध भए यस्ता खेतीबाट उत्पादन वृद्धि हुनाका साथै प्रशस्त आम्दानी हुने देखिन्छ । रासस