१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा मेयरमा लड्न कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको मेयर उम्मेदवारमा टुंगो लागेसँगै नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।

शनिबार बालुवाटारमा बसेको एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको थियो । तर, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताएकी थिइन् भने मेयरका उम्मेदवार पौडेलले पोखरामा सुन सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले आन्तरिक छलफल गरेको थियो ।

एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाको नाम टुंगो लगाएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।

थापाले सभामुख नेत्रनाथ अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।