२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष सत्यमोहनको आर्शिबाद लिएर उम्मेदवारी दर्ता गर्दै एमाले उम्मेदवार



अ+ अ-

ललितपुर । नेकपा (एमाले)बाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा उम्मेदवारी दिन लाग्नुभएका मञ्जली शाक्य (आस्था) ले आज बिहान शताब्दी पुरुष सत्यमोहन जोशी तथा बामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलताबाट आशिर्वाद लिनुभएको छ ।

व्यञ्जनकार र शाक्यले निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयनका लागि जानुअघि उहाँहरुको निवास गई आशिर्वाद लिनुभएको हो ।

शताब्दी पुरुष जोशी अस्वस्थताका कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज हुनुभएको थियो ।

ललितपुर महनगरको प्रमुख पदमा नेपाली कांग्रेसले चिरीबाबु महर्जनलाई उठाउने निर्णय गरेको छ । महर्जन वर्तमान महानगर प्रमुख पनि हुनुहुन्छ ।