२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने



अ+ अ-

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ ।

हाल पूर्वानुमानित सङ्ख्याका आधारमा मतपत्र छपाइको कार्य दु्रत गतिमा भइएरहेको र वैशाख १२ गते सम्मन्न हुने उम्मेदवारी मनोनयनलगत्तै दलहरूका तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूका लागि छपाइ भइसकेको मतपत्रको सङ्ख्या र त्यसमा समाविष्ट निर्वाचन चिह्न पर्याप्त हुने नहुने स्पष्ट हुनेछ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ । हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ । बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ भइरहेको छ । निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगले जनाएको छ । रासस