१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा मुक्तकमैया बस्तीमा भिषण आगलागी, सयौं घर जलेर ध्वस्त



कैलारी गाउँपालिका– ७ स्थित बिपतपुर मुक्तकमैया बस्तीमा आगलागी
अ+ अ-

धनगढीः कैलालीको कैलारी गाउँपालिका–७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ ।

धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको विपतपुर बस्तीका कच्ची घरमा भएको आगलागी नियन्त्रण गर्न दमकलसहित प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । उक्त गाउँमा मुक्त कमैया बस्ती रहेको बताइएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले उक्त गाउँमा ६० घर जलेर क्षति पुगेको भन्ने प्रारम्भिक जानकारी आएको जानकारी दिनुभयो । घटनाबाट पुगेको क्षतिको एकीन विवरण आउन बाँकी छ ।

आगलागी भएको खबर पाएपछि भजनी प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी थापाले दुई वटा दमकलको सहायतामा प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयअघि मात्रै आगो नियन्त्रणमा आइसकेको जानकारी आएको बताउनुभयो । घटनास्थलतर्फ गइरहनुभएका प्रजिअ थापाले भन्नुभयो, ‘‘आगलागी पीडितको उद्धार र राहतको व्यवस्थापनको काम पनि तत्कालै सुरु गर्न लागेका छौँ ।’’ रासस