२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडी सङ्घको अध्यक्षमा विक्रम लामा चयन



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्तर्गत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिनुभएको छ ।

खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन हुनुभएको हो । सङ्घको उपाध्यक्षमा राष्ट्रिय टोलीका सदस्य विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन चुनिनुभयो ।

त्यसैगरी रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ सदस्यमा चुनिनुभयो ।

नवनिर्वाचित खेलाडी सङ्घका कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसापत्र प्रदान गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । सङ्घका नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।