९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि बीच आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

उक्त भेटवार्ताको दौरान संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको थियो ।

नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई भेटवार्ताले सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।