२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा उम्मेदवारी दर्ता सुरु



(फाइल फोटो)
अ+ अ-

मोरङ । विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्रबाट सो वडाका अध्यक्षमा विजयी हुनुभएको थियो ।

यसैगरी विराटनगर महानगरपालिका–१० को सदस्य पदका लागि स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको कार्यालयले जनाएको छ । यसैगरी विभिन्न वडामा उम्मेदवारी मनोनयन गराउने क्रम जारी छ । उम्मेदवारी दर्ताका लागि धरौटीबापत महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका लागि रु एक हजार ५००, वडाध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० कायम गरिएको छ । दलित र महिलाका लागि भने ५० प्रतिशत छुट गरिएको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ताको क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षाको विशेष व्यवस्था गरिएको छ ।




भर्खरै