२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा उम्मेदवारी दर्ता सुरु



(फाइल फोटो)
अ+ अ-

मोरङ । विराटनगरमा महानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिका–१० को वडाध्यक्ष पदका लागि माधवराज वाग्लेले स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्रबाट सो वडाका अध्यक्षमा विजयी हुनुभएको थियो ।

यसैगरी विराटनगर महानगरपालिका–१० को सदस्य पदका लागि स्वतन्त्र रुपमा दुई जनाले उम्मेदवार मनोनयन दर्ता गराउनुभएको कार्यालयले जनाएको छ । यसैगरी विभिन्न वडामा उम्मेदवारी मनोनयन गराउने क्रम जारी छ । उम्मेदवारी दर्ताका लागि धरौटीबापत महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका लागि रु एक हजार ५००, वडाध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० कायम गरिएको छ । दलित र महिलाका लागि भने ५० प्रतिशत छुट गरिएको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ताको क्रममा कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षाको विशेष व्यवस्था गरिएको छ ।