• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

महिनौँसम्म धारो बन्द नगर्दा २७ लाख अमेरिकी डलरभन्दा बढी महशुल तिर्नुपरेपछि…



सांकेतिक तस्बिर

टोकियो । पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी पानीको महशुल तिर्नुपर्ने भएको छ ।

व्यक्तिगत गोपनीयता कायम गर्न पहिचान नखुलाइएका ती शिक्षकले पोखरीमा ताजा पानीको निरन्तर प्रवाह भएमा त्यसलाई कोभिडमुक्त तुल्याउने ठानेर गत जुनको अन्त्यदेखि सेप्टेम्बरको प्रारम्भसम्म धारो बन्द नगर्दा विद्यालयले भारी रकम चुकाउनुपर्ने भएको हो ।

सामान्यतया क्लोरिन र ‘फिल्टरिङ मेसिन’ले पोखरीको पानीको गुणस्तर कायम राख्छ तर ती शिक्षकमा पोखरीमा ताजा पानी प्रवाह भएमा कोभिडबाट बच्न मद्दत पुग्ने गलत धारणा आएको स्थानीय शिक्षा बोर्डका अधिकारी अकिरा कोजिरीले बताउनु भयो ।

विद्यालयका अन्य कर्मचारीले कहिलेकाँही खुला रहेको धारो देखेर त्यसलाई बन्द गरे पनि ती शिक्षकले तत्काल धारो खोल्ने गरेका थिए । उनको यो गलत धारणाले ११ पटक पोखरी भर्न पुग्ने पानीको क्षतिमात्र भएन २७ हजार अमेरिकी डलर महशुल तिर्नुपर्ने भयो । अब ती शिक्षक र उनको कामको सुपरीवेक्षण गर्ने दुई कर्मचारीबाट बिलको आधा रकम तिराउनुपर्ने माग योकोसुकाका अधिकारीहरूले गरेका छन् ।