२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीबाट सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा उप्रेती उम्मेदवार



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ।
लिसंखु पाखर गाउँपालिका वडा नं। ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। २०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस. एल. सी.उत्तीर्ण गर्नुभएका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गर्नुभएको छ।

उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गर्नुभएको छ।

नेपाल फर्कौ महाअभियानका एक अभियन्ता र NIRI Nepal का संस्थापक समेत रहनुभएका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको जिम्मेवारीमा समेत रहनु भएकोछ।