२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीका डाँका !



अ+ अ-

नवलपरासीमा पनि जमीनदार बाट निम्न वर्गमा शोषण भएको पाएँ मैले । सामान्यजनकोजीवन दासत्वमै बिति रहको थियो त्यहाँ पनि । अदालतमा मोहियानी र उखडा सम्बन्धी जग्गा विवादका मुद्दा प्रायः आइ रहन्थ्यो । भूमि सम्बन्धी ऐन, २०२१ जारी भएपछि वास्तविक जो ताहा भएको मोहीले पनि जग्गामा हक पाउने अवस्था भए पनि कतिपयले मोहियानीको लागत चढाउन नसके र जग्गा मोहीको प्रमाणपत्र पाउन नसके को अवस्था थियो ।

कतिपय किसान नागरिकता नहुनाले मोहियानी हकबाट हात धुनुपर्ने अवस्थामा पुगेका हुन्थे । उखडा समस्या पनि निकै चर्को थियो । राणाको पालामा जग्गा आवाद गराउने हिसाबले छिमेकी मुलुकका मानिसलाई उखडामा जग्गा कमाउन दिइएको हुन्थ्यो । जग्गाधनीसँगको बोलकबोल बमोजिम नगदी कूत बुझाउने गरी उखडा जग्गा जारी हुन्थ्यो । तर,उनीहरूको प्रमाणिक कूतको समस्याहुन्थ्यो । उनीहरूले जग्गा आवाद गरेर जति नै समय बिताएको भए पनि जग्गाधनीको हैसियत प्राप्त नगरी बस्नुपरेको  थियो । नजिर ले जमीन किसानको नाममा आउनुपर्ने भए पनि वैधानिक समस्याहरू थिए ।

लुम्बिनी अञ्चलको मधेश क्षेत्रमा यो समस्या जटिल रूपमा रहेको थियो । कुलबहादुर श्रेष्ठ डठ त्यसपछि डाँका–चोरीको फौजदारी मुद्दाको चाप दोस्रो नम्बर मा थियो । नवलपरासीमा डाँकाहरूको कतिसम्म बिगबिगी थियो भने सदर मुकाम परासी बजार मै  उनीहरू है कम जमाउन पुग्थे । बजारमा पुलिस थाना र सीडीओ को कार्यालय आसपासमै डाँकाहरूले जनजीवन अस्तव्यस्त बनाइदिएका थिए । डाँकाहरूको नियन्त्रण हुन नसके र जिल्लामै भयावह स्थितिको निर्माण भइरहे को थियो । एकपटक कर्मचारीहरूको मिटिङमा डाँका आतंकको बारेमा चर्चा चल्यो । डाँकाहरूमाथि प्रहरीको नियन्त्रण समेत रहेनछ भन्ने निष्कर्षमा म र सीडीओ पुगे का थियौं । शिवराम भन्ने इन्स्पेक्टर थिए परासीमा ।

उनले डाँकाहरूको नियन्त्रण गर्न नसके को गुनासो व्यापक थियो । नियन्त्रण त परैको कुरा, डाकाहरूसँग प्रहरीको मिलाप छ भन्ने समे त हल्ला चले को थियो । यस्तो मा अचानकसँग शिवरामको सरुवा भयो । सट्टामा नयाँ इन्स्पेक्टर आए । उनी मेरा पूर्वपरिचित रहेछन् । एकदिन उनी मलाई भेट्न आए र चिन्तापूर्वक बोले , ‘ श्रीमान्, प्रहरी र डाँकाको साँठगाँठ छ भन्ने बजार हल्ला व्यापक रहेछ । के गर्ने होला ? ’

इन्सपेक्टर शिवराम हल्लाकै कारण बदनाम थिए । आफ्नो पनि हालत यस्तो नहोस् भन्ने मा उनी सचेत देखिए ।‘ उसो भए डाँकाहरू पक्रेर ल्याउनुस्, कानून बमोजिम थुनछे क हुन सके सहयोग हुन्छ,’ मैले भने । त्यसपछि बजार का डाँका भटाभट पक्राउ पर्न थाले । कानून बमो जिम मुद्दा चलाउँदा
थुनछे कमा पर्ने अभियुक्त बढे । यति हुन थाले पछि गाउँले हरूको पनि मनो बल बढ्न गएछ ।

बाँकी डाँकाहरूसँग गाउँले प्रतिकारमा उत्रिए । त्यसपछि थप डाँका पक्राउ परे । यसरी झन्डै ८५ जना डाँकाहरू थुनामा परे जसमा भारतीयहरू थिए । उनीहरू पक्राउ परेपछि परासी बजार को असुरक्षा हेर्दाहेर्दै हट्यो । एक दिन वैशाख १ गते अमर दहमा गाउँ पञ्चायत गाउँसभा उद्घाटनको निम्तो आयो ।

बिदा भएकाले डुल्न जाऊँ भनेर सीडीओ तारप्रसादले भन्नुभयो । म पनि निम्तो मान्न भने र त्यहाँ पुगे । आमसभामा बोल्ने हरूले न्याय विभागको सक्रियताका कारण डाँका आतंक बन्द भएकामा मेरो प्रशंसा गरे । चियापान हुँदा प्रजिअले आयोजकहरूसँग ठट्टामिश्रित आवाजमा भने , ‘ हाम्रो त नाम नै लिनुभएन क्यारे १’

‘ तपाईं दुई वर्षदेखि यहाँ हुनुहुन्छ तर सुधार केही भएको थिएन,’ आयोजक टोलीबाट कसैले जवाफ फिरायो , ‘ नयाँ श्रीमान् आएपछि बल्ल केही सुधार भएर आयो,अनि कसरी अरूलाई जश दिने रु’ डड जीवन र न्याय फर्की आउँदा बाटो मा प्रजिअले न्यायाधीशज्यूको राम्रो प्रशंसा भयो आज भने र मेरो तारिफ गरे । प्रशासनकै सहायताले भएको हो भने र मै ले पनि उनको इज्जत राखिदिएँ । नवलपरासीमा पनि मैले मुद्दामामिला प्रायः मिलापत्र गराउने रणनीति लिएँ । त्यसको तत्काल लाभ के भयो भने , ६० र ६५ प्रतिशत मुद्दा नै घटे र गए । मुद्दा कम पर्ने हुनाले यता कामको बोझ पनि केही हुलुंगो हुँदै गयो ।

जनताको अदालतप्रति सकारात्मक भावना जागे र आयो । केही पछि सर्वोच्च अदालतको न्यायाधीश वासुदेव शर्मा अदालत जाँच गर्न आउनुभयो । जाँच गर्दा ७० प्रतिशत मुद्दा मिलापत्र भएको हेर्नुभयो । अनि एक दिन गेस्टहाउसमा अदालतको कुनै सिकायत भए सम्पर्क राख्नुहोला भने र नोटिस टाँसे र दिनभर इजलास खो ले र बस्नुभयो । कतै बाट कुनै सिकायत नआएपछि धन्यवाद दिएर भैरहवा जानुभयो ।

भैरहवाको कोइराला थर भएका एक जिल्ला न्यायाधीशलाई चाहिँ बदनियतपूर्ण कामगरेको भने र सिफारिश गर्नुभएछ । उनको नोकरीबाट अवकाश भयो । परासीमा र हँदाको कुरा हो । एक जना वकीलले झगडियासँग न्यायाधीशलाई घूस दिएर मुद्दा जिताइदिन्छु भने र पैसा मागे को रहेछ । दिऊँ कि नदिऊँ भने र सोध्न उक्त झगडिया मलाई भेट्न आयो । सीडीओ सँग भने र मैले उसलाई पै सा दिन लगाएँ र तुरुन्त पक्राउ पनि गराएँ । त्यस वकीलविरुद्ध सीडीओ कार्यालयमा भ्रष्टाचार गरे बापत कारबाही भैरहेको थियो । त्यसबेला पोखरा क्षेत्रीय अदालतको मुख्य न्यायाधीश घनानाथ पन्त हुनुहुन्थ्यो ।

वकील उहाँको गाउँको परेछ । उनले परासी जिल्ला अदालतमा जाँच गर्न आउने खबर अञ्चल अदालतमा दिएका र हे छन् । अञ्चल न्यायाधीशज्यूबाट क्षे त्रीय मुख्य न्यायाधीश आउँदै हुनुहुन्छ, तिमीसँग रि साएको जस्तो छ भन्ने खबर पाएँ । आखिर मै ले कुनै गल्ती गरेजस्तो लाग्दै न, के भएछ त भने र म सो चमग्न भएँ ।

नभन्दै अचानक घनानाथ पन्तजी अदालत जाँच गर्न आउनुभयो । पूरै एक हप्ता बसे र सबै जाँच गर्नुभयो । साथै पब्लिकसँग सम्पर्क पनि गर्नुभयो । सीडीओ सँग पनि सम्पर्क राख्नुभएछ । आखिर वकीलउपर कार बाही भएको कुराको गुनासो रहेछ । प्रजिअसँग पनि चिनाजानी र हे छ । वकीलको बारे कुराकानी भएको बुझियो ।

आखिर त्यसबेला मुद्दामामिलामा मिलापत्र गर्ने मै बढी जोड हुने हुनाले जनतामा धेरै नै सन्तोष भएको थियो । राजनीतिक ने ताहरूमा पनि उत्तिकै सन्तोष भएको पाइन्थ्यो । यसकारण कुनै पनि दोष पाउन सक्नुभएन । उल्टो प्रतिष्ठा भएको पाएपछि राम्रो काम गर्नुस्, राम्रै प्रतिक्रिया आएको छ,

यसरी नै काम गर्दै जानुस् भने र प्रशंसा गरेर जानुभयो ।

  • पूर्व न्यायधीस कुलबहादुर श्रेष्ठको जीवनमा आधारित पुस्तक जीवन र न्याय बाट साभार । पत्रकार धनश्याम खड्काले सम्पादक गर्नुभएको पुस्तक सनिबार सार्वजनिक हुदैछ ।