नवलपरासीमा पनि जमीनदार बाट निम्न वर्गमा शोषण भएको पाएँ मैले । सामान्यजनकोजीवन दासत्वमै बिति रहको थियो त्यहाँ पनि । अदालतमा मोहियानी र उखडा सम्बन्धी जग्गा विवादका मुद्दा प्रायः आइ रहन्थ्यो । भूमि सम्बन्धी ऐन, २०२१ जारी भएपछि वास्तविक जो ताहा भएको मोहीले पनि जग्गामा हक पाउने अवस्था भए पनि कतिपयले मोहियानीको लागत चढाउन नसके र जग्गा मोहीको प्रमाणपत्र पाउन नसके को अवस्था थियो ।
कतिपय किसान नागरिकता नहुनाले मोहियानी हकबाट हात धुनुपर्ने अवस्थामा पुगेका हुन्थे । उखडा समस्या पनि निकै चर्को थियो । राणाको पालामा जग्गा आवाद गराउने हिसाबले छिमेकी मुलुकका मानिसलाई उखडामा जग्गा कमाउन दिइएको हुन्थ्यो । जग्गाधनीसँगको बोलकबोल बमोजिम नगदी कूत बुझाउने गरी उखडा जग्गा जारी हुन्थ्यो । तर,उनीहरूको प्रमाणिक कूतको समस्याहुन्थ्यो । उनीहरूले जग्गा आवाद गरेर जति नै समय बिताएको भए पनि जग्गाधनीको हैसियत प्राप्त नगरी बस्नुपरेको थियो । नजिर ले जमीन किसानको नाममा आउनुपर्ने भए पनि वैधानिक समस्याहरू थिए ।
लुम्बिनी अञ्चलको मधेश क्षेत्रमा यो समस्या जटिल रूपमा रहेको थियो । कुलबहादुर श्रेष्ठ डठ त्यसपछि डाँका–चोरीको फौजदारी मुद्दाको चाप दोस्रो नम्बर मा थियो । नवलपरासीमा डाँकाहरूको कतिसम्म बिगबिगी थियो भने सदर मुकाम परासी बजार मै उनीहरू है कम जमाउन पुग्थे । बजारमा पुलिस थाना र सीडीओ को कार्यालय आसपासमै डाँकाहरूले जनजीवन अस्तव्यस्त बनाइदिएका थिए । डाँकाहरूको नियन्त्रण हुन नसके र जिल्लामै भयावह स्थितिको निर्माण भइरहे को थियो । एकपटक कर्मचारीहरूको मिटिङमा डाँका आतंकको बारेमा चर्चा चल्यो । डाँकाहरूमाथि प्रहरीको नियन्त्रण समेत रहेनछ भन्ने निष्कर्षमा म र सीडीओ पुगे का थियौं । शिवराम भन्ने इन्स्पेक्टर थिए परासीमा ।
उनले डाँकाहरूको नियन्त्रण गर्न नसके को गुनासो व्यापक थियो । नियन्त्रण त परैको कुरा, डाकाहरूसँग प्रहरीको मिलाप छ भन्ने समे त हल्ला चले को थियो । यस्तो मा अचानकसँग शिवरामको सरुवा भयो । सट्टामा नयाँ इन्स्पेक्टर आए । उनी मेरा पूर्वपरिचित रहेछन् । एकदिन उनी मलाई भेट्न आए र चिन्तापूर्वक बोले , ‘ श्रीमान्, प्रहरी र डाँकाको साँठगाँठ छ भन्ने बजार हल्ला व्यापक रहेछ । के गर्ने होला ? ’
इन्सपेक्टर शिवराम हल्लाकै कारण बदनाम थिए । आफ्नो पनि हालत यस्तो नहोस् भन्ने मा उनी सचेत देखिए ।‘ उसो भए डाँकाहरू पक्रेर ल्याउनुस्, कानून बमोजिम थुनछे क हुन सके सहयोग हुन्छ,’ मैले भने । त्यसपछि बजार का डाँका भटाभट पक्राउ पर्न थाले । कानून बमो जिम मुद्दा चलाउँदा
थुनछे कमा पर्ने अभियुक्त बढे । यति हुन थाले पछि गाउँले हरूको पनि मनो बल बढ्न गएछ ।
बाँकी डाँकाहरूसँग गाउँले प्रतिकारमा उत्रिए । त्यसपछि थप डाँका पक्राउ परे । यसरी झन्डै ८५ जना डाँकाहरू थुनामा परे जसमा भारतीयहरू थिए । उनीहरू पक्राउ परेपछि परासी बजार को असुरक्षा हेर्दाहेर्दै हट्यो । एक दिन वैशाख १ गते अमर दहमा गाउँ पञ्चायत गाउँसभा उद्घाटनको निम्तो आयो ।
बिदा भएकाले डुल्न जाऊँ भनेर सीडीओ तारप्रसादले भन्नुभयो । म पनि निम्तो मान्न भने र त्यहाँ पुगे । आमसभामा बोल्ने हरूले न्याय विभागको सक्रियताका कारण डाँका आतंक बन्द भएकामा मेरो प्रशंसा गरे । चियापान हुँदा प्रजिअले आयोजकहरूसँग ठट्टामिश्रित आवाजमा भने , ‘ हाम्रो त नाम नै लिनुभएन क्यारे १’
‘ तपाईं दुई वर्षदेखि यहाँ हुनुहुन्छ तर सुधार केही भएको थिएन,’ आयोजक टोलीबाट कसैले जवाफ फिरायो , ‘ नयाँ श्रीमान् आएपछि बल्ल केही सुधार भएर आयो,अनि कसरी अरूलाई जश दिने रु’ डड जीवन र न्याय फर्की आउँदा बाटो मा प्रजिअले न्यायाधीशज्यूको राम्रो प्रशंसा भयो आज भने र मेरो तारिफ गरे । प्रशासनकै सहायताले भएको हो भने र मै ले पनि उनको इज्जत राखिदिएँ । नवलपरासीमा पनि मैले मुद्दामामिला प्रायः मिलापत्र गराउने रणनीति लिएँ । त्यसको तत्काल लाभ के भयो भने , ६० र ६५ प्रतिशत मुद्दा नै घटे र गए । मुद्दा कम पर्ने हुनाले यता कामको बोझ पनि केही हुलुंगो हुँदै गयो ।
जनताको अदालतप्रति सकारात्मक भावना जागे र आयो । केही पछि सर्वोच्च अदालतको न्यायाधीश वासुदेव शर्मा अदालत जाँच गर्न आउनुभयो । जाँच गर्दा ७० प्रतिशत मुद्दा मिलापत्र भएको हेर्नुभयो । अनि एक दिन गेस्टहाउसमा अदालतको कुनै सिकायत भए सम्पर्क राख्नुहोला भने र नोटिस टाँसे र दिनभर इजलास खो ले र बस्नुभयो । कतै बाट कुनै सिकायत नआएपछि धन्यवाद दिएर भैरहवा जानुभयो ।
भैरहवाको कोइराला थर भएका एक जिल्ला न्यायाधीशलाई चाहिँ बदनियतपूर्ण कामगरेको भने र सिफारिश गर्नुभएछ । उनको नोकरीबाट अवकाश भयो । परासीमा र हँदाको कुरा हो । एक जना वकीलले झगडियासँग न्यायाधीशलाई घूस दिएर मुद्दा जिताइदिन्छु भने र पैसा मागे को रहेछ । दिऊँ कि नदिऊँ भने र सोध्न उक्त झगडिया मलाई भेट्न आयो । सीडीओ सँग भने र मैले उसलाई पै सा दिन लगाएँ र तुरुन्त पक्राउ पनि गराएँ । त्यस वकीलविरुद्ध सीडीओ कार्यालयमा भ्रष्टाचार गरे बापत कारबाही भैरहेको थियो । त्यसबेला पोखरा क्षेत्रीय अदालतको मुख्य न्यायाधीश घनानाथ पन्त हुनुहुन्थ्यो ।
वकील उहाँको गाउँको परेछ । उनले परासी जिल्ला अदालतमा जाँच गर्न आउने खबर अञ्चल अदालतमा दिएका र हे छन् । अञ्चल न्यायाधीशज्यूबाट क्षे त्रीय मुख्य न्यायाधीश आउँदै हुनुहुन्छ, तिमीसँग रि साएको जस्तो छ भन्ने खबर पाएँ । आखिर मै ले कुनै गल्ती गरेजस्तो लाग्दै न, के भएछ त भने र म सो चमग्न भएँ ।
नभन्दै अचानक घनानाथ पन्तजी अदालत जाँच गर्न आउनुभयो । पूरै एक हप्ता बसे र सबै जाँच गर्नुभयो । साथै पब्लिकसँग सम्पर्क पनि गर्नुभयो । सीडीओ सँग पनि सम्पर्क राख्नुभएछ । आखिर वकीलउपर कार बाही भएको कुराको गुनासो रहेछ । प्रजिअसँग पनि चिनाजानी र हे छ । वकीलको बारे कुराकानी भएको बुझियो ।
आखिर त्यसबेला मुद्दामामिलामा मिलापत्र गर्ने मै बढी जोड हुने हुनाले जनतामा धेरै नै सन्तोष भएको थियो । राजनीतिक ने ताहरूमा पनि उत्तिकै सन्तोष भएको पाइन्थ्यो । यसकारण कुनै पनि दोष पाउन सक्नुभएन । उल्टो प्रतिष्ठा भएको पाएपछि राम्रो काम गर्नुस्, राम्रै प्रतिक्रिया आएको छ,
यसरी नै काम गर्दै जानुस् भने र प्रशंसा गरेर जानुभयो ।
- पूर्व न्यायधीस कुलबहादुर श्रेष्ठको जीवनमा आधारित पुस्तक जीवन र न्याय बाट साभार । पत्रकार धनश्याम खड्काले सम्पादक गर्नुभएको पुस्तक सनिबार सार्वजनिक हुदैछ ।