• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

प्रधानमन्त्रीसँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकको शिष्टाचार भेट



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुटारमा आज भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनु भएको थियो । साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रधानन्त्री देउवाले नेपाली स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारीलगायत विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो ।

सो अवसरमा महामनिर्देशक डा टेड्रोसले नेपालले कोरोना विरुद्धको खोप अभियान प्रभावकारीरूपमा व्यवस्थापन गरेको र प्राय सबै जसोलाई खोप लगाई सकेकोमा सरकारको प्रशंसा गर्नु भएको थियो । कोभिड नियन्त्रण तथा रोकथाममा नेपाल सरकारको रणनीति प्रभावकारी भएको उहाँको भनाइ थियो ।

डा टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालवालिकालाई खोप सुरु गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले नेपालले छोटो समयमा बाल तथा मातृ मृत्यु दर घटाएको लगायत विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगतिको प्रसंशा गर्नुभएको थियो ।