• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

भरतपुरमा बिच्कियो कांग्रेस, मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा



काठमाडौं । सत्तारूढ गठबन्धनले भागबन्डाको निर्णय टुंगाउँदै भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि भरतपुरका कांग्रेस नेता/कार्यकर्तामा देखिएको असन्तुष्टि अझै थामिन सकेको छैन ।

शुक्रबार बिहान जिल्ला सभापति राजेश्वर खनालले सबैलाई केन्द्रको निर्णय मान्न आग्रह गरेपनि दिउँसो असन्तुष्टहरूले पार्टी कार्यालयमा भेला गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत सहभागी भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेको स्रोतले जनाएको छ ।

भोलिसम्ममा उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने भेलाको निष्कर्ष छ । यस्तै, भेलापछि उनीहरूले पार्टी जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा ताला समेत लगाइदिएका छन् ।