९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं ।  ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपालले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । 

सो सोसाइटीका अध्यक्ष प्रा. डा. राजीवकुमार झाले उक्त अस्पतालका मेडिकल निर्देशक डा. युवराज खरेललाई आज ती सामग्री उपलब्ध गराउनुभएको हो । प्रदान गरिएका सामग्रीमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर, स्यानिटाइजर उत्पादन गर्ने र डिस्इन्फेक्सन गर्ने मेसिनलगायत स्वास्थ्य सामग्री रहेका छन् ।  

 सो सोइसाइटीका अध्यक्ष एवं चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा झाले नेपालमा कोरोना भाइरसको प्रकोप बढेपछि उक्त सोसाइटीले नेपालका विभिन्न सङ्घसंस्था एवं ललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै गैरनाफामूलक संस्थाका रुपमा सेवा गर्दै आएको यस अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो । 

मेडिकल निर्देशक डा. खरेल र उपनिर्देशक डा .कैलाश भण्डारीले सो सोसाइटीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा कोरोना भाइरसको प्रकोप नहटिसकेका अवस्थामा उक्त सोसाइटीमार्फत प्राप्त यी महत्वपूर्ण स्वास्थ्य सामग्री यस अस्पतालका लागि अमूल्य सहयोग हो भन्नुभयो । 

विसं २०५५ मा गैरनाफामूलक संस्थाका रुपमा स्थापना भएको यस अस्पताल अहिले एक च्यारिटेबल संस्थाका रुपमा सञ्चालनमा छ । एक सय श्यया रहेको यस अस्पतालमा विशेषगरी हाडजोर्नीका बिरामीहरुको उपचार हुने गरेको छ । 

 यस अस्पतालले हाडजोर्नीसम्बन्धी प्रायः सबै खालको उपचार सेवा प्रदान गर्दै आएको छ । डा भण्डारीले नेपालमा हाडजोर्नीको समस्या भएका गरिब तथा असहाय नागरिकलाई च्यारिटीमार्फत सहयोग उपलब्ध गराउन एक सहायता कोषको स्थापना गर्न सकिएमा धेरैलाई सहायता पुग्ने धारणा राख्नुभयो