९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केवल व्यवसाय नै समाप्त पार्ने खेल भयो: व्यवसायी



अ+ अ-

 काठमाडौ ।  नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको छ ।

बिहीवार केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ द्वारा पारित काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको हो । राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिइ कार्यक्रम प्रशारण गर्न नपाइने भन्दै महासंघले गैरकानूनी प्रसारणले सबै केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था आएको भन्दै गैरकानूनि कार्यहरु अविलम्ब बन्द गराउने माग गरेको छ ।

घोषणा पत्र जारी गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले नेपाल सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रशारण सम्बन्धी सम्पूर्ण कानूनि व्यवस्थाको पालना गर्न लगाउने र सरकारले गैरकानूनि प्रशारण तत्काल बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले ‘राइट अफ वे’ लगायतका विषयमा गम्भीर अध्ययन नै नगरी तथा सरोकारवाला निकायहरुसँग छलफल नै नगरी एकतफी रुपमा नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएको भन्दै तत्काल मूल्य वृद्धि रद्ध गर्नुपर्ने माग राख्नुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, ‘राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिइ कार्यक्रम प्रशारण गर्न पाइँदैन, तर इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेका छन्, यसरी भएको गैरकानूनि प्रशारणले गर्दा सम्पूर्ण केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था सिर्जना भएको हुँदा त्यस्ता गैरकानूनी कार्यहरु अविलम्ब बन्द गराइ गैरकानूनी कार्य गर्ने उपर आवश्यक कारबाही गरी नेपाल सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रशारण सम्बन्धी सम्पूर्ण कानूनी व्यवस्थाको पालना गर्न लगाउने र सरकारले त्यस्ता गैरकानूनी प्रशारण तत्काल बन्द गराउन यो राष्ट्रिय भेला आग्रह गर्दछ ।’

अध्यक्ष शर्माले केवल व्यावसायीहरुको हक हीतको संरक्षणको सम्बन्धमा आवश्यक छलफल र परामर्श गर्ने बताउनुभयो । उहाँले सहज ढंगबाट सरकारले कार्यान्वयन नगरेमा  संघर्षका लागि ९ सदस्यीय संघर्ष समिति गठन गरेको समेत बताउनुभयो । ९ संघर्ष समितिको संयोजकमा दिनेश सुवेदी, सदस्यसमा हरिप्रसाद पौडेल, मनोज गुरुङ्ग, सनोज श्रेष्ठ, दिपेश सुवेदी, पवनकुमार शाह, पुष्पलाल श्रेष्ठ, महाप्रसाद सुवेदी र मनोहरी योगी रहनुभएको छ । बुधवारबाट काठमाडौंस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेला बिहविर सकिएको छ ।