१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथोपटक बल्ल सचिव



अ+ अ-

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा। गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम सिफारिस भएको थियो ।

दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरका सिग्देललाई छाडेर दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

त्यसपछि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको बढुवा सिफारिस समितिले सिग्देल एक्लैको नाम बढुवाका लागि सिफारिस गरेको थियो । समितिको सिफारिसअनुसार सरकारले उनको बढुवा गरेको हो ।