६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथोपटक बल्ल सचिव



अ+ अ-

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव प्रा। गोपालप्रसाद सिग्देल बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा. सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि, तीनपटकसम्म बढुवाका लागि नाम सिफारिस भए पनि उनी सचिवमा बढुवा हुनबाट छुट्दै आएका थिए । योपटक वरिष्ठताका आधारमा सिग्देल एक्लैको नाम सिफारिस भएको थियो ।

दुई महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरका सिग्देललाई छाडेर दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

त्यसपछि लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी संयोजकत्वको बढुवा सिफारिस समितिले सिग्देल एक्लैको नाम बढुवाका लागि सिफारिस गरेको थियो । समितिको सिफारिसअनुसार सरकारले उनको बढुवा गरेको हो ।