४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्थानीयतहको निर्वाचनका लागि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन शुरु

स्थानीयतहको निर्वाचनका लागि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन शुरु
अ+ अ-

काठमाडौं । निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनसम्बन्धी सर्वोच्च अदालतले गरेको एक मुद्दाको निर्णय दुईदिन बितिसक्दासमेत निर्वाचन आयोगमा नपुगेको बताउनु भएको छ ।

बिहीवार निर्वाचन आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पौडेलले यस्तो बताउनु भएको हो । गत मंगलवार सर्वोच्च अदालतले निर्वाचनमा उम्मेमद्वारी दिने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान यथावत रहने फैसला गरेको थियो । प्रवक्ता पौडेलका अनुसार उम्मेद्वारी दिने जनप्रतिनिधिले राजीनामा दिने सम्बन्धमा आफ्नो ऐन, कानूनमा उल्लेख भएको अनुसार गर्न सकिने तर त्यसमा पनि स्पष्ट हुन नसके सम्पर्क मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जानकारी लिनसक्ने बताउनु भयो ।

प्र्रवक्ता पौडेलले भन्नुभयो, ‘यो राजीनामाको कुरा छ । प्रथमतः अदालतमा विचाराधीन रहेको मुद्दाको सम्बन्धमा सञ्चारमाध्यममार्फत नै अदालतले निर्णय गरेको भन्नेसम्म हामीले सुनेका छौँ । आधिकारिक रुपमा हामीलाई डकुमेण्ट प्राप्त भएको छैन । सञ्चारमाध्यममा आएको जस्तै निर्णय भएको हो भने पनि राजीनामा कहाँ दिने भन्ने कुरा उहाँहरु तत् तत् संस्थाको आफ्नो ऐन, कानूनमा उल्लेख भएको हुन्छ । यदी ऐन, कानूनमा पनि अस्पष्ट रहेछ भने सम्पर्क मन्त्रालयमार्फत, स्थानीय तहको सम्पर्क मन्त्रालय भनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हो, उसले यसको निकास निकाल्छ । आयोगले यो विषयमा बोल्दैन ।’

प्रवक्ता पौडेलले निर्वाचन आयोगले ७७ जिल्लामा नै मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको बताउनु भयो । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता पौडेलले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको बताउनु भयो ।

उहाँले निर्वाचन आयोगले आजदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन शुरु गरेको र आज मुगु, बाजुरा, अछाम, जाँजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौं जिल्लाका लागि निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु पठाइएको बताउनु भयो । उहाँकाअनुसार स्थानीय तह निर्वाचन २०७९ सुरक्षित, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न, गराउनको लागि स्वतन्त्र ढंगले निर्वाचन गराउन आयोगले निर्वाचन पर्यक्षण निर्देशिका २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थाहरुलाई पर्यक्षण अनुमति दिने निर्णय गरेको छ ।

प्रवक्ता पौडेलले ४४ वटा राष्ट्रिय संस्थाहरुबाट तोकिएको योग्यता पुगेका १० हजार भन्दा बढी पर्यक्षकहरुले मुलुकभरको तोकिएको मतदान स्थलमा पुगि पर्यक्षण गर्ने पनि बताउनु भयो । उहाँका अनुसार पर्यक्षकले आफ्नो मतदाता नामावली रहेको स्थानीय तहमा भने पर्यक्षण गर्न पाउने छैनन् । पर्यक्षकहरुलाई आयोगले पर्यक्षण गर्ने मतदान स्थलसमेत खुलाइ छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउनेछ भने पर्यक्षकले निर्वाचन प्रक्रियाको पर्यक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउन पर्ने आयोगले जनाएको छ । उहाँले निर्वाचन आचारसंहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्री वितरण तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनै पनि सागम्री उत्पादन नगर्न, नगराउनका लागि परिपत्र गरी सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

प्रवक्ता पौडेलले भन्नुभयो, ‘वैशाख ८ गते मुलुकका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ ।

निर्वाचन आयोगले आजैदेखि जिल्लाहरुमा निर्वाचन सामग्री पठाउन शुरु गरेको छ । आज मुगु, बाजुरा, अछाम, जाँजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौं जिल्लाका लागि निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु पठाइँदैछ । अन्य जिल्लामा पनि क्रमशः निर्वाचन सामग्रीहरु पठाइनेछ ।

स्थानीय तह निर्वाचन २०७९ सुरक्षित, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न, गराउनको लागि स्वतन्त्र ढंगले निर्वाचन गराउन आयोगले निर्वाचन पर्यक्षण निर्देशिका २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थाहरुलाई पर्यक्षण अनुमति दिने निर्णय गरेको छ । उक्त संस्थाहरुबाट तोकिएको योग्यता पुगेका १० हजार भन्दा बढी पर्यक्षकहरुले मुलुकभरको तोकिएको मतदान स्थलमा पुगि पर्यक्षण गर्नेछन् । आफ्नो मतदाता नामावली रहेको स्थानीय तहमा भने पर्यक्षकले पर्यक्षण गर्न पाउनेछैनन् । पर्यक्षकहरुलाई आयोगले पर्यक्षण गर्ने मतदान स्थलसमेत खुलाइ छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउनेछ । पर्यक्षकले निर्वाचन प्रक्रियाको पर्यक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउन पर्नेछ ।

निर्वाचन आचारसंहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्री वितरण तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनै पनि सागम्री उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गरिदिनुहुन आयोगले विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।

२०७९ साल वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेस गर्नुपर्ने कागजातको विवरण सम्बन्धित सबैमा जानकारीका लागि निर्वाचन आयोगको वेबसाइट डब्ल्यूडब्ल्यू डट इलेक्शन डट जिओभी डट एन्पीमा समावेश गरिएको छ ।’

प्रवक्ता पौडेलले २०७९ साल वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र दाखिला गर्दा पेस गर्नुपर्ने कागजातको विवरण बारे निर्वाचन आयोगको वेबसाइट https://election.gov.np/np  मा समावेश गरिएको बताउनु भयो ।