२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोड रेस प्रतियोगिता वैशाख १० मा हुने



अ+ अ-

काठमाडौँ । रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुष–महिला खुला र छात्र–छात्रा गरी चार स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा करिब ४०० खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ ।

खुलामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु २५ हजार, रु १२ हजार र रु आठ हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी छात्र–छात्रामा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु पाँच हजार र तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउने छन् । दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः सोही स्थानमा आएर टुङ्गिने छ । रासस