१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न निर्देशन दिनुभएको हो ।

ललितपुरका प्रजिअ उपाध्यायका अनुसार उक्त विष्फोटमा एक जनाको मृत्यु भएको छ । विष्फोटमा छ जना घाइते भएका र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकको उद्धार गरेको छ ।