• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा दश जना पक्राउ ★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

सुदूरपश्चिममा निर्वाचनको तयारी: ८ लाख ३१ हजार ४७० महिला, ८ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गीको सहभागिता



डोटी । डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन् ।

सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । प्रदेशका सबै निर्वाचन कार्यालयले आज नौवटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

अहिले निर्वाचनका लागि आवश्यक सामग्री मतदान केन्द्रमा पुर्याउने काम भइरहेको निमित्त प्रमुख भट्टले बताउनुभयो । प्रदेशमा रहेका ८८ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित ७३४ वडाध्यक्ष र दुई हजार ९३६ वडा सदस्यका लागि हुने निर्वाचनबाट कूल तीन हजार ८४६ जनप्रतिनिधि निर्वाचित हुने छन् ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी मतदाता र मतदान केन्द्र छन् । कैलालीका १३ पालिकामा ६१९ मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक चार हजार बढी कर्मचारी खटिने छन् । कञ्चनपुरका नौ पालिकाका ३४१ मतदान केन्द्रमा एक हजार ८०० बढी कर्मचारी खटिने भएका छन् । सुदूरपश्चिममा यस वर्ष १६ लाख ३२ हजार १५० मतदाताले स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमध्ये आठ लाख ३१ हजार ४७० महिला, आठ लाख ६६२ पुरुष र १८ तेस्रो लिङ्गी छन् ।

यसैगरी डोटीका नौवटा स्थानीय तहमा रहेका मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्ने काम सम्पन्न भइसकेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एक चरणमा मतदान स्थलको निरीक्षण तथा अनुगमन गरीसकेका छौँ, पुनः अर्को पटक निरीक्षणको तयारी छ ।”

कुन मतदान स्थलमा कति जना सुरक्षाकर्मी खटाउने सो विषयमा छलफल भइरहेको प्रजिअ विष्टले जानकारी दिनुभयो । डोटीमा पछिल्लो सयम राजनीतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पुग्न थालेका छन् । चुनावको मिति घोषणासँगै कांग्रेस, एमाले, नेकपा ९एकीकृत समाजवादी०, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका छन् । डोटीमा एक लाख २४ हजार १४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीले जानकारी दिनुभयो ।