२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा



अ+ अ-

मोरङ । मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान तथा उपचार सेवालाई थप प्रभावकारी बनाउन मनोचिकित्सकहरूको आठौँ राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।

मनोचिकित्सक सङ्घ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रा डा नवराज कोइरालाले बिहीबार साँझ यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ देखि १३ गतेसम्म हुने सम्मेलनमा स्वदेशसहित १८ विभिन्न राष्ट्रका गरी ३०० मनोचिकित्सकको सहभागिता रहने जानकारी दिनुभयो ।

उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितोरूपमा सेवा पु¥याउन सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने संयोजक प्रा डा कोइरालाले बताउनुभयो ।

सम्मेलनमा ३२ कार्यपत्र प्रस्तुत हुनाका साथै मानसिक स्वास्थ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निर्माणमा कानुनविज्ञसँग सम्मेलनमा छलफल हुनेछ । सम्मेलनबाट आएका सुझावलाई बुँदागतरूपमा सरकारसमक्ष प्रस्तुत गरिने जनाइएको छ । 

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वका हरेक १०० व्यक्तिमध्ये १५ देखि २० जनामा मानसिक रोगको असर देखिने गरेको छ । विराटनगर अस्पताल तथा विराट चिकित्सक शिक्षण अस्पतालका निर्देशक डा ज्ञानेन्द्रमान सिंह कार्कीले सम्मेलनलाई सफल बनाउन सबैसँग आग्रह गर्नुभयो ।