२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलागिरि आयुर्वेदिक औषधालय प्रदेशकै उत्कृष्ट



अ+ अ-

बलेवा । गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयमध्ये बागलुङमा रहेको धवलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा औषधालय प्रथम भएको हो ।

औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्याङ्कनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो ।

औषधालयले १०० पूर्णाङ्कमा ८० दशमलव आठ अङ्क प्राप्त गरेको थियो । दोस्रो भएको जिल्ला आर्युवेद औषधालय स्याङ्जाले ७६ दशमलव छ र तेस्रो भएको कास्की आर्युवेदिक औषधालयले ७५ दशमलब छ अङ्क प्राप्त गरेका छन् । वार्षिक समीक्षा कार्यक्रममा औषधालयलाई पुरस्कृत गरिएको थियो ।

“कामको मूल्याङ्कन भएको छ, हामीलाई थप जिम्मेवार भएर काम गर्ने हौसला थपियो”, औषधालयका प्रमुख डा सरोजकुमार रायले भन्नुभयो, “हामीले यो स्थानलाई कायम राख्ने गरी काम गर्नेछौँ ।” औषधालयले कोभिड महामारीको समयमा गाउँ-गाउँमा पुगेर औषधि वितरणदेखि योग तथा ध्यानसम्बन्धी प्रशिक्षण चलाएको थियो । मासिक कार्यसम्पादनको बुलेटिन तयार गर्ने धवलागिरि आर्युवेदिक औषधालय गण्डकी प्रदेशको पहिलो हो ।