१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ज्येष्ठ नागरिक अनुभवका खानी’



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनुभएको छ । उहाँले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुवाआमाको सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुन्छ, ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।” त्यसैगरी सन्देशमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उल्लेख छ ।

वृद्धाश्रम बनाएर होइन, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुने सन्देशमा उल्लेख छ ।  ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको छ । मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको सुखमय र जीवनलाई सम्मानित बनाउन अपिल गर्नुभएको छ ।