२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा प्रकाशनको विशेष पुस्तक प्रदर्शनी, ५० पैसादेखी रु २८ सयसम्मको पुस्तक प्रदर्शनीमा राखियो (भिडियोसहित)



अ+ अ-

काठमाडौं । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ ।

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरु विशेष छुटका साथमा विक्रि भइरहेको छ ।

पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताउनुभयो । प्रदर्शनी काठमाडौं उपत्यका भित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तकहरु पाइने उहाँले बताउनुभयो ।

विशेष पुस्तक प्रदर्शनी बैशाख १५ गतेसम्म चल्ने साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनीको छैठौँ दिन सम्ममा पुस्तक विक्रिमार्फत् ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरु रहेको उहाँले बताउनुभयो ।

प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकहरुमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरुमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा विक्रि गरिएको साझा प्रकाशनले जनाएको छ ।