१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्तागठबन्धन बैठक जारी, उपमहानगर भागबन्डा टुंग्याइने



file
अ+ अ-

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी रहेको बताइएको छ । मंगलबार राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसे पनि सहमतिमा पुग्न सकेको थिएन ।

सत्तागठबन्धनले छ महानगरको भागबन्डामा भने सहमति गरिसकेका छन् । काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसलाई, पोखरा एकीकृत समाजवादीलाई, वीरगञ्ज जसपालाई र भरतपुर नेकपा माओवादी केन्द्रले लिने गरी सहमति बनेको हो ।