२ श्रावण २०८३, शनिबार
,
Latest
‘जहाँ अब स्टेथोस्कोप बोक्नेहरु हुनेछन्’ मुक्ति घोषणा भएको चार वर्षः हरवाचरवा समुदाय पहिचानबाट वञ्चित ‘रोल नं १’ ५१औँ प्रदर्शनको दिनमा प्रवेश स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व संकलन खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठनका महानिर्देशक भोलि नेपाल आउने



टेड्रोस अधानोम घेब्रेसुस
अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन् ।

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम छ ।

बिहीबारदेखि शनिबारसम्म हुने उनको यो भ्रमणको क्रममा महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।