४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

महानगर र उपमहानगरमा गठबन्धनको भागबण्डा, कांग्रेसमा व्यापक असन्तुष्टि

महानगर र उपमहानगरमा गठबन्धनको भागबण्डा, कांग्रेसमा व्यापक असन्तुष्टि
अ+ अ-

काठमाडौं । गठबन्धनमा संलग्न दलहरुले स्थानीय तह निर्वाचन अन्तर्गत महानगर र उपमहानगरपालिकामा भागबण्डा लगभग टुंग्याएका छन् । अब नेपालगञ्ज र जनकपुर उपमहानगरपालिकामा टुंग्याउन बाँकी रहेको र त्यो पनि आज टुंगो लाग्ने बताइएको छ ।

महानगरमा भने कांग्रेसले ५० प्रतिशत आफूले लिएर बाँकी ५० प्रतिशत गठबन्धनका अरु दललाई दिएको छ । जस अनुसार काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस र अरु तीनमा तीन दल छन् । चितवनमा माओवादी, पोखरामा नेकपा एस र उता विरगन्जमा जसपालाई दिने सहमति भएको छ ।

तर यस विभाजनले कांग्रेसभित्र भने व्यापक मात्रामा असन्तुष्टि सुरु भएको छ । खासगरी चितवन र पोखराका कारणले विवाद उत्पन्न भएको बताइएको छ । पोखरा र चितवनमा कांग्रेसले नै लिनुपर्ने दाबी त्यहाँका स्थानीय कांग्रेसी नेता कार्यकर्ताको रही आएको छ ।

चितवनका कांग्रेसले आफूहरुले हरेक चुनावमा माओवादीलाई भोट दिनुपर्ने बाध्यता रहेकाले अब त्यसो नगर्ने बताएका छन् भने उता पोखरामा नेकपा एसको कुनै पनि प्रभाव नरहेकाले उसलाई भोट नहाल्ने बताएका छन् ।

चितवन र पोखराका नेताहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौंमै बोलाएर सहयोग गर्न भनेका भए पनि अहिलेसम्म उनीहरुले पार्टी निर्णयको पक्षमा अभिव्यक्ति दिएका छैनन् । जसका कारण यी चुनावको परिणाम आफ्नो पक्षमा नआउने हो कि भन्ने आशंका माओवादीमा परेको छ ।

यो असन्तुष्टि देउवा र कोइराला पक्षमा नै बाँडिएको देखिएको छ । कोइराला समूहले देउवाको यो निर्णयको विरोध गरिरहेको छ भने देउवाले भने गठबन्धन संस्कृति भनेको आफू एक्लैले लिनलाई नभएको सार्वजनिक अभिव्यक्ति नै हिजो दिएका छन् । यसले पनि कांग्रेसभित्र थप विवाद उत्पन्न गरेको बताइएको छ ।