४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

अर्थमन्त्री नैतिक कठघरामा, राजीनामा दिन चौतर्फी दबाब

अर्थमन्त्री नैतिक कठघरामा, राजीनामा दिन चौतर्फी दबाब
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएसँगै अर्थमन्त्री जनार्दन शर्मा नैतिक कठघरामा परेका छन् । अर्थमन्त्रीले सहकार्य गर्न ‘अयोग्य’ ठानेका गभर्नर नै अदालतको आदेशसहित राष्ट्र बैंक फर्किएपछि अब अर्थमन्त्री के गर्छन् रु अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिन्छन् कि दिँदैनन् रु विज्ञहरूले आ आफ्ना सुझावहरु प्रस्तुत गरेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिन भइरहेका र सर्वोच्च अदालतमा समेत विचाराधीन रहेका विषयलाई बेवास्ता गर्दै अर्थमन्त्री जनार्दन शर्माले शंकास्पद खातामा रहेको रकम खुला गरिदिन राष्ट्र बैंकलाई निर्देशन दिएका थिए । अर्थमन्त्रीले यस्ता मुलुकको केन्द्रीय बैंकमाथि दबाब दिएर यस्तो काम किन गरिरहेका छन् रु भन्ने प्रश्न आइरहेका बेला अर्थमन्त्री उल्टै गभर्नरमाथि खनिएका थिए । त्यसलगत्तै उनले जाँचबुझ गर्न समिति गठन गरेर गभर्नरलाई नै निलम्बन गरेका थिए । यसरी राष्ट्र बैंकको स्वायत्ततामा नै हस्तक्षेप भएको भन्दै अधिकारीले दिएको निवेदनमा मंगलबार सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

यो आदेशसँगै गभर्नर नियमित काममा फर्किएका छन् भने उता यसले अर्थमन्त्री शर्मालाई भने नैतिकताको प्रश्न उठाइदिएको छ । आफैले निलम्बन गरेका र प्रायः दैनिकजसो काममा ठोकिनुपर्ने व्यक्ति अदालतको आदेशबाट पुन: स्थापितभएर आएपछि अब अर्थमन्त्रीले कसरी काम गर्छन् भन्ने पनि हुन्छ ।

हिजोदेखि सामाजिक सञ्जालमा यही प्रश्न उठिरहेको छ । तत्कालीन अर्थमन्त्री महेश आचार्यको प्रसंग उल्लेख गर्दै मानिसहरुले मन्त्री शर्मामाथि नैतिकता खोजिरहेका छन् ।

तत्कालीन अर्थमन्त्री महेश आचार्यले पनि यसैगरी गभर्नर तिलक रावललाई निलम्बन गरेकामा पछि अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसलगत्तै मन्त्री आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

तर यी अर्थमन्त्रीले त्यो नैतिकता देखाउँछन् कि देखाउँदैनन् भन्ने प्रश्न व्यापक रुपमा उठिरेहको छ । पूर्व अर्थमन्त्री तथा आर्थिक क्षेत्रका विज्ञहरुले त कुनै व्यक्तिको नाममा रहेको र राज्यको अनुसन्धानको दायरमा रहेको रकम निकास गरिदिनु भनेर गभर्नरलाई मौखिक र त्यतिले मात्र नभएर लिखित आदेश दिने अर्थमन्त्रीमाथि नै छानबीन गर्नुपर्ने माग गरिरहेका छन् ।