१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी र पानी पर्दा पोखरा दिउँसै अन्धकार !



अ+ अ-

काठमाडौं । पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ ।

मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ । २०६७ सालमा बैशाख २९ गते पोखरामा दिउँसै अध्यारो भएको थियो ।