६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी प्याराट्रूपर्सद्वारा खार्किभको अस्पतालमा आक्रमण



अ+ अ-

एजेन्सी । युक्रेन विरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । राजधानी किभ र खार्किभ लगायतका धेरै प्रमुख सहरलाई निशाना बनाइएको छ । 

आज बिहान रुसी प्याराट्रूपर्सले खार्किभको एक अस्पतालमा आक्रमण गरेका छन् ।

रुसी सेनाले खेरसन सहर पनि आफ्नो कब्जामा लिएको छ । यसअघि मंगलबार राति रुसी सेनाले राजधानी कीभको टिभी टावरमा मिसाइल हमला गरेको थियो । यस आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । यहुदीहरूको नरसंहारको सम्झनामा निर्माण गरिएको बेबिन यार होलोकास्ट मेमोरियल सेन्टरमा पनि रुसले हवाई आक्रमण गरेको थियो ।

सैन्य कारबाहीबाहेक रुसले राष्ट्रसंघमा ठूलो अप्ठ्यारोको सामना गर्नुपरेको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार राष्ट्रसंघ मानवअधिकार परिषद्मा बोल्न थालेपछि करिब १०० कूटनीतिज्ञ बाहिरिएका थिए ।