९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरले विराटनगरलाई ३७ रनले हरायो



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले पहिलो जित निकालेको छ ।

कीर्तिपुरको टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । 

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनायो । विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । 

आसिफ शेखले ३७ रन जोडे भने चन्द्रपउल हेमराजले २८ रन बनाउँदा सिकन्दर राजा २४ रनमा आउट भए । ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए ।  ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

यसअघि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो । ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल रहेको छ । 

ललितपुरका लागि ओपनर विराकोड्डीले सर्वाधिक ७३ रन जोडे । उनले ३ छक्का  र १० वटा चौका प्रहार गरेका थिए । यस्तै ओमारजाईले अविजित ५८ रन जोड्दै ७ छक्का प्रहार गरे ।

विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराको नाममा समान एक–एक विकेट रह्यो । 

यस जितसँगै ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । विराटनगरको भने यो लगातार तेस्रो हार रहेको छ ।