१७ फाल्गुन २०८१, शनिबार
March 1, 2025 Saturday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.64

Wind: 1.54

Humidity: 76

Latest
प्रहरीको वर्चस्व कायमै, दोस्रो दिन ६ स्वर्ण सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ मेयर बालेनप्रति सुनिताको टिप्पणी : अरुलाई दोष लगाउनु भन्दा आफ्नो कर्तव्य पुरा गरौं जनताको सुखदुःखमा साथ दिन छथर गाउँपालिकाका थरिथरि कार्यक्रम अन्तर प्रदेशस्तरीय भलिबलः सेनाको भैरवी दल र महोत्तरी फाइनलमा विधानले तोकेको समयभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्छ-शेखर कोइराला संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत ‘काठमाडौं विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’ गैँडाको आक्रमणबाट एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् – रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको छ ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताउनुभयो । लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेपनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिलेपनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ । त्यसोभएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरु, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरु, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरु, र नेपाली जनताको भाग्यमाथि खेलवाड गर्ने षड्यन्त्रहरु, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरु सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ । अहिले गठबन्धन जो छ सत्ताको लागि होइन । व्यवस्थाको लागि गठबन्धन हो । यो कुरा बुझ्नुहोला । यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि यो गठबन्धन हो । त्यसकारण यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्वसँग पनि हालेमालो गर्न पुगेका छन् ।

यो भ्रष्ट तत्वहरु, प्रतिगामीहरु र अवसरवादीहरुसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्वको शरणमा पुगिरहेका छन् र एलायन्स गरिरहेका छन् । यिनले अहिले भर्खरै यही हप्ता गरेका घटनाहरुलाई याद गर्नुहोस् । कस्ता कस्ता तत्वसँग हातेमालो गरेर केपी ओली साहारा लिएर बच्न चाहिरहेका छन् । त्यसो भएको हुनाले यो गठबन्धन वास्तवमा लोकतन्त्रको लागि हो । यो गठबन्धन परिवर्तनको लागि हो । र यो परिवर्तनलाई बचाउनको लागि हो । यतिकुरा बुझेपछि यो परिवर्तनलाई जोगाउने कुरामा सर्तक रहन र परिवर्तनलाई, म भन्न चाहान्छु गठबन्धनका सदस्यहरुलाई पनि सबैले आ–आफ्नो हैसियत बुझेर, आ–आफ्नो दायित्व बुझेर स्थानीय निर्वाचन, आउँदा चुनावहरु पनि सफल पार्नको लागि एकतावद्ध भएर जानु छ । र नेपालमा लोकतन्त्र साकार पार्नुछ ।’

उहाँले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताउनुभयो । उहाँले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताउनुभयो ।