४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् – रामचन्द्र पौडेल

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन् – रामचन्द्र पौडेल
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको छ ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताउनुभएको हो । सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उहाँले बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभई व्यवस्थाको लागि बनेको बताउनुभयो । लोकतन्त्र, नेपालको परिवर्तनहरुलाई बचाउनका लागि र देशलाई अग्रगामी बाटोमा रुपान्तरण गर्नका लागि गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका दलहरुले आ–आफ्नो हैसियत र दायित्व बुझेर आगामी निर्वाचनहरुसम्म एकतावद्ध भएर जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिलेपनि लोकतन्त्र सुनिश्चित भएको छैन । अहिलेपनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ । त्यसोभएको हुनाले हामी सबैले सजग भएर यहाँ भइरहेका षड्यन्त्रहरु, लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरु, यो परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरु, र नेपाली जनताको भाग्यमाथि खेलवाड गर्ने षड्यन्त्रहरु, नेपालको राष्ट्रिय एकता, नेपालको राजनीतिक स्थायित्व, नेपालमा सुशासन, प्रगति, नेपालको विकासलाई रोक्ने शक्तिहरु सबैको विरुद्ध सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ । अहिले गठबन्धन जो छ सत्ताको लागि होइन । व्यवस्थाको लागि गठबन्धन हो । यो कुरा बुझ्नुहोला । यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि यो गठबन्धन हो । त्यसकारण यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन् । केपी ओली हतास भएका छन् । र हतास अभिव्यक्ति दिइरहेका छन् । र जस्ता तत्वसँग पनि हालेमालो गर्न पुगेका छन् ।

यो भ्रष्ट तत्वहरु, प्रतिगामीहरु र अवसरवादीहरुसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्वको शरणमा पुगिरहेका छन् र एलायन्स गरिरहेका छन् । यिनले अहिले भर्खरै यही हप्ता गरेका घटनाहरुलाई याद गर्नुहोस् । कस्ता कस्ता तत्वसँग हातेमालो गरेर केपी ओली साहारा लिएर बच्न चाहिरहेका छन् । त्यसो भएको हुनाले यो गठबन्धन वास्तवमा लोकतन्त्रको लागि हो । यो गठबन्धन परिवर्तनको लागि हो । र यो परिवर्तनलाई बचाउनको लागि हो । यतिकुरा बुझेपछि यो परिवर्तनलाई जोगाउने कुरामा सर्तक रहन र परिवर्तनलाई, म भन्न चाहान्छु गठबन्धनका सदस्यहरुलाई पनि सबैले आ–आफ्नो हैसियत बुझेर, आ–आफ्नो दायित्व बुझेर स्थानीय निर्वाचन, आउँदा चुनावहरु पनि सफल पार्नको लागि एकतावद्ध भएर जानु छ । र नेपालमा लोकतन्त्र साकार पार्नुछ ।’

उहाँले नेविसंघलाई पदाधिकारीसहितको कमिटी बनाएर पुर्णता दिनुपर्ने बताउनुभयो । उहाँले आठ कक्षा भन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनाएर प्रजातन्त्रको पहरेदार जन्माउनुपर्ने बताउनुभयो ।