• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

गठबन्धन कुनै हालतमा टुट्दैन, सबैकुरा दिनलाई गठबन्धन बनेको होइन – प्रधानमन्त्री



file

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताउनुभएको छ ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताउनुभएको हो । उहाँले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गर्नुभयो । गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उहाँले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफुले राम्रो काम गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताउनुभयो । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन् । हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ । धेरै ठाउँहरुमा हाम्रो भाग पाएका छौँ हामीले । के बिगारे मैले ? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ । त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैले ? राम्रै गरेको छु त मैले । यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी । गठबन्धन टुटेपछि फेरी त्यही हालत हुने हो । अस्ति जस्तो हालत भयो नि । ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको ? देशभरी कसरी हाम्रो साथी रोएका थिए ? हटाउनुपर्यो, हटाउनुपर्यो भनेको होइन ? त्यसकारण भोलि पनि त्यही अवस्था नआओस् । हामी सबैले के ध्यान दिनुपर्योे भने अहिलेको नयाँ संविधान बनेको छ यो संविधान अनुसार कुनैपनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन हेर्नुस् । कसै न कसैसँग त मिल्नैपर्यो । ओलीलाई हटाउनपर्यो सबैले भने । ठिक छ हटायौँ । त्यसकारण अब यो गठबन्धनलाई अगाडी लिएर जानु छ । गठबन्धन भनेपछि गिभ एण्ड टेक हुन्छ नि । तपाईलाई सबैकुरा दिनलाई त गठबन्धन बनेको होइन नि । उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो । ठिक छ, कांग्रेस पार्टी ठुलो पार्टी छ, ठुलै पार्टी होस् । सानो पार्टी हामी पनि हुन पाँउ भनेका छन् उनीहरुले । उनिहरुको अधिकार हो नि । त्यतिपनि नपाएर हुन्छ त्यो । एउटा षड्यन्त्र हुँदैछ गठबन्धन तोड्ने कुनै हालतमा तोड्नु हुँदैन भन्ने मेरो धारणा छ । यसमा सबै साथीहरुले ठाउँ–ठाउँमा भन्नुपर्छ ।’

उहाँले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताउनुभयो । उहाँले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरी नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ । किन हार्दैछौँ ? यो कुरा ध्यान दिनुपर्ने भएको छ । स्कुल त गाउँमा छ नि । जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन् । अहिले एमाले, माओवादी यिनीहरु सबैले स्कुलमै बनाएका छन् कमिटी । स्कुल कमिटीबाट आउनेहरु धमाधम माथि आउने तिनै युवा हुन् । तिनै विद्यार्थी हुन् । हाम्रो त कहिँ पनि छैन । के भएको यो ? अहिले पनि गाउँको देश हो यो । गाउँका स्कुलहरुमा, यो सदरमुकाममा बनाएर केही हुँदैन । गाउँकै स्कुलमै कमिटी बनाउनुस् । स्कुलको युनियन जित्नुस् । सम्पूर्ण देशभरीका कलेज र स्कुलहरुमा हाम्रो संगठन, पार्टी बनाउनुस् ।’

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताउनुभयो । उहाँले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।