४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै

गठबन्धन कुनै हालतमा टुट्दैन, सबैकुरा दिनलाई गठबन्धन बनेको होइन – प्रधानमन्त्री

गठबन्धन कुनै हालतमा टुट्दैन, सबैकुरा दिनलाई गठबन्धन बनेको होइन – प्रधानमन्त्री
file
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताउनुभएको छ ।

मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताउनुभएको हो । उहाँले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गर्नुभयो । गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उहाँले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफुले राम्रो काम गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेको बताउनुभयो । लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले वास्तवमा भन्ने हो भने यो गठबन्धनले धेरै ठाउँ हाम्रा मुख्यमन्त्रीहरु छन् । हाम्रो सबै गठबन्धनको मुख्यमन्त्री छ । धेरै ठाउँहरुमा हाम्रो भाग पाएका छौँ हामीले । के बिगारे मैले ? कांग्रेस पार्टीलाई सरकारमा ल्याउने नै मेरो गल्ती हो भने मलाई गल्ती गरे भने हुन्छ । त्यसकारण प्रधानमन्त्री भएर के बिगारे मैले ? राम्रै गरेको छु त मैले । यस्तो अवस्थामा अहिले जो हाम्रो गठबन्धन छ, यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी । गठबन्धन टुटेपछि फेरी त्यही हालत हुने हो । अस्ति जस्तो हालत भयो नि । ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको ? देशभरी कसरी हाम्रो साथी रोएका थिए ? हटाउनुपर्यो, हटाउनुपर्यो भनेको होइन ? त्यसकारण भोलि पनि त्यही अवस्था नआओस् । हामी सबैले के ध्यान दिनुपर्योे भने अहिलेको नयाँ संविधान बनेको छ यो संविधान अनुसार कुनैपनि एक्लै पार्टीको सरकार बहुमत आउने सम्भावना छैन हेर्नुस् । कसै न कसैसँग त मिल्नैपर्यो । ओलीलाई हटाउनपर्यो सबैले भने । ठिक छ हटायौँ । त्यसकारण अब यो गठबन्धनलाई अगाडी लिएर जानु छ । गठबन्धन भनेपछि गिभ एण्ड टेक हुन्छ नि । तपाईलाई सबैकुरा दिनलाई त गठबन्धन बनेको होइन नि । उसले पनि केही पाउनका लागि गठबन्धन बनेको हो । ठिक छ, कांग्रेस पार्टी ठुलो पार्टी छ, ठुलै पार्टी होस् । सानो पार्टी हामी पनि हुन पाँउ भनेका छन् उनीहरुले । उनिहरुको अधिकार हो नि । त्यतिपनि नपाएर हुन्छ त्यो । एउटा षड्यन्त्र हुँदैछ गठबन्धन तोड्ने कुनै हालतमा तोड्नु हुँदैन भन्ने मेरो धारणा छ । यसमा सबै साथीहरुले ठाउँ–ठाउँमा भन्नुपर्छ ।’

उहाँले नेपाल विद्यार्थी संघले कुनैपनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताउनुभयो । उहाँले नेविसंघका नेताहरुलाई शहर केन्द्रीत नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरी नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ । किन हार्दैछौँ ? यो कुरा ध्यान दिनुपर्ने भएको छ । स्कुल त गाउँमा छ नि । जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन् । अहिले एमाले, माओवादी यिनीहरु सबैले स्कुलमै बनाएका छन् कमिटी । स्कुल कमिटीबाट आउनेहरु धमाधम माथि आउने तिनै युवा हुन् । तिनै विद्यार्थी हुन् । हाम्रो त कहिँ पनि छैन । के भएको यो ? अहिले पनि गाउँको देश हो यो । गाउँका स्कुलहरुमा, यो सदरमुकाममा बनाएर केही हुँदैन । गाउँकै स्कुलमै कमिटी बनाउनुस् । स्कुलको युनियन जित्नुस् । सम्पूर्ण देशभरीका कलेज र स्कुलहरुमा हाम्रो संगठन, पार्टी बनाउनुस् ।’

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताउनुभयो । उहाँले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।