१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार रवीन्द्र खड्काको पनौती नपाको मेयरपदमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघका वर्तमान अध्यक्ष रवीन्द्र खड्काले पुनः पनौती नपाको मेयरपदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काभ्रेको पनौती, सुन्थानमा जन्म लिएर नेपाली कला, साहित्य, रङ्गमञ्च, चलचित्र र सामाजिक क्षेत्रमा विगत चार दशकभन्दा बढी अनवरत निःस्वार्थ भावले सेवा गर्दै आएको उनले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

विज्ञप्तिमार्फत उम्मेदवारी घोषणा गर्दै उनले नेपाली कलाकारहरु मध्येबाट नेपाली राजनीति क्षेत्रमा लाग्ने पहिलो व्यक्तिका रूपमा रहेको इतिहास साक्षी छ, हाम्रो कलाकारिता क्षेत्रमा निकै समस्याहरु देखिएका र ती समस्याहरुलाई प्रत्यक्ष्यरूपमा समाधानका लागि सम्बन्धित निकायमा छलफल र निर्णय गराउन सक्ने हैसियतको पदमा पुग्ने विचारका साथ उम्मेदवारी दिएको बताए ।

“मैले २०५९ र ०६० सालमा पनौती नगर प्रमुख पदमा जम्मा ११ महिना कार्यभार सम्हालेर ‘विकास शान्ति र उन्नति, हाम्रै हो पनौती’ को नारा दिएर, स्वतन्त्ररूपमा नगर प्रमुखमा रहेर सबै पार्टीका नेता, समाजसेवी, नगरबासीहरुलाई समेटी सबैको सल्लाह र सुझाव लिएर पाँच वर्षको अवधिभर गर्ने कार्य भन्दा पनि राम्राराम्रा बिकास गरेको थिएँ”, विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो तर्फबाट पुनः पनौती नगर प्रमुख बनेर नगर र नगरबासीको हितमा काम गर्ने इच्छा रहेको उनले बताएका छन् ।