४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

संघले अधिकारमा अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न सकिएन : मुख्यमन्त्री पोखरेल

संघले अधिकारमा अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न सकिएन : मुख्यमन्त्री पोखरेल
अ+ अ-

पोखरा, ६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले प्रष्टरुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत संघ सरकारले अंकुश लगाउँदा प्रदेशले क्षमता अनुसार काम गर्न नसकेको बताएका छन् ।

मंगलबार गण्डकी प्रदेश समन्वय परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अधिकारका साथमा वित्तीय हस्तान्तरण न्यायोचित नभएको भनाइ राखे । उनले भने, ‘वित्तीय समानीकरणको शूत्र व्यावहारिक देखिँदैन साथै राजस्व बाँडफाँटमा पनि संघ सरकार अनुदार देखिएको छ ।’ अधिकांश स्रोत साधन आफैसंग राख्ने र प्रदेश र स्थानीय तहलाई अड्कलेर वित्त हस्तान्तरण गर्दा समस्यामा परेको उनले सुनाए ।

उनको प्रश्न थियो, ‘बजेटको ठूलो हिस्सा संघमा राखेर १५÷१५ प्रतिशत बजेट मात्र प्रदेश र स्थानीय तहलाई प्राप्त हुन्छ । यसबाट नागरिकका चाहान र विकासका आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ ?’ शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा अहिले प्रदेश र स्थानीय तहको स्रोत ज्यादै सिमित हुँदा केन्द्रकै भर पर्नु पर्ने अवस्था रहेको उनले बताए । आन्तरिक आय बढाउन सकेको खण्डमा अहिले प्राप्त हुँदै आएको रकम ठीकै हुने भए पनि अहिलेकै अवस्थामा यसमा परिमार्जन आवश्यक रहेको उनको भनाइ थियो ।

निजामती सेवा ऐन संघले ल्याउन नसक्दा कर्मचारी व्यवस्थापन ठूलो चुनौती बनेको मुख्यमन्त्रीले बताए । उनले भने, ‘हामीसँग प्रदेश लोक सेवा आयोग छ । स्वीकृत दरबन्दीमा प्रदेश र स्थानीय तहको माग अनुुसार विज्ञापन गरेर अहिले धमाधम कर्मचारीहरु सिफारिस भै रहेको छ । विडम्बना ती सिफारिस भएर नियुक्त भएका कर्मचारीको वृति विकासका मार्गहरु पनि अवरुद्ध छन् । यस्तो किन भइरहेको छ ?’

प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेशको एकल अधिकारको क्षेत्र भए पनि अहिलेसम्म प्रहरी प्रदेश मातहत आउन नसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसले शान्ति सुरक्षाको प्रभावकारिता र दिगोपनामा पनि प्रश्न सिर्जना गरेको बताए ।

प्रदेशभित्रको राष्ट्रिय वन प्रदेशको एकल अधिकारकै सूचीमा छ । तर वन ऐन अहिले हाम्रा लागि ठूलो समस्या बनेर खडा भएको छ । मुख्यमन्त्री पोखरेलले वनका सामान्य समस्या समाधान नहँुदा एकतिर विकास निर्माण प्रभावित भएको छ भने अर्को तर्फ राजस्व र वनको आर्थिक उपयोगमा पनि जटिलता देखिएको बताए ।

स्थानीय तहबाट प्रदेशले संविधानत प्राप्त गर्नुपर्ने कतिपय स्रोत साधन स्थानीय तहबाट प्रदेशले पाउन नसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘यसतर्फ स्थानीय तहले सकारात्मक सोच राखिदिन पनि अनुरोध गर्दछु ।’

संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई हामीले आत्मसात गर्नै पर्ने भन्दै उनले संघीयता कार्यान्वयन पछिको पहिलो निर्वाचित स्थानीय तहले एक कार्यकाल पूरा गरी विशिष्ट अनुभव हासिल गरेको भनाइ राखे ।

प्रदेशले संघसँग गुनासो गरिरहँदा प्रदेश र स्थानीय तहका बीचमा पनि पर्याप्त समन्वय हुन नसकेको स्वीकार गर्दै उनले प्रदेश र स्थानीय तहका बीच देखिएका समस्याका बारेमा यस्तै फोरमहरुमा घनिभूत रुपमा छलफल गर्न उनले आग्रह गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘समाधानका उपायहरु त पत्ता लागिहाल्छन्, सुरुका वर्षहरुमा जस्ता समस्या देखिएका थिए, ती समस्याहरु अहिले विस्तारै हल हुँदै आएका छन् ।’

प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्रीले व्यक्त गरेको मन्तव्यको पूर्ण पाठ समावेश छ ।