• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

गठबन्धनमा गिभ एण्ड टेक हुन्छ, सबै हामीलाई कहाँ दिन्छन् ?– प्रम देउवा



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबनधनमा गिभ एण्ड टेक हुने हुँदा विरोध नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, “गठबन्धन भत्कियो भने हाम्रो हालत के हुन्छ ?, हिजो के थियो ?, मैले गठबन्धनलाई मिलाएर के अपराध गरेँ ?”

प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका कारण आफू प्रधानमन्त्री बनेको र साथीहरु विभिन्न प्रदेशमा मुख्यमन्त्री बनेको भन्दै कांग्रेस ठूलो दल नै हुने भएकाले गठबन्धनमा रहेका अन्य दललाई सानो दल हुन दिनुपर्ने बताउनुभयो । “गठबन्धन भएपछि गिभ एण्ड टेक त हुन्छ नि, सबै हामीलाई कहाँ छाड्छन्, कसै न कसैसँग त मिल्नै पर्यो, मिलेपछि केही त छाड्नै पर्यो”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

उहाँले विद्यालय तहमा संगठन विस्तार गर्न निर्देशन दिँदै संगठन नै बलियो नभए कहाँबाट चुनाव जित्न सकिन्छ भन्दै प्रश्न गर्नुभयो । प्रधानमन्त्री देउवाले नेविसंघमा तत्काल पदाधिकारी मनोनयन नहुने स्पष्ट पार्दै दुजाङ शेर्पाको नेतृत्वले छिटोभन्दा छिटो महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।