२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाबाट मेयरका लागि सिफारिस साह एमाले प्रवेश



अ+ अ-

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि सिफारिस भएका जानकीराम साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन राजपाबाट वडा नम्बर–७ को अध्यक्षमा विजयी भएका साह आज भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गरेको बताइएको छ ।

एमालेले जनकपुरधामको मेयरका लागि गत साता व्यवसायी शिवशंकर साह (हिरा)को नाम सिफारिस गरेको थियो । अब साह एमाले प्रवेश गरेपछि हिराले टिकट पाउने सम्भावनामा आशंका पैदा भएको छ ।