१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाबाट मेयरका लागि सिफारिस साह एमाले प्रवेश



अ+ अ-

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि सिफारिस भएका जानकीराम साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन राजपाबाट वडा नम्बर–७ को अध्यक्षमा विजयी भएका साह आज भक्तपुरको बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गरेको बताइएको छ ।

एमालेले जनकपुरधामको मेयरका लागि गत साता व्यवसायी शिवशंकर साह (हिरा)को नाम सिफारिस गरेको थियो । अब साह एमाले प्रवेश गरेपछि हिराले टिकट पाउने सम्भावनामा आशंका पैदा भएको छ ।