१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको घोषणापत्र अनुमोदन



अ+ अ-

काठमाडौं ।आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको गुरुङले बतउनुभयो । बैठकले पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रित हुन पनि निर्देशन दिएको छ । रासस