४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

आज पनि चुनाव सार्ने चर्चा: के पाक्दैछ भित्र ?

आज पनि चुनाव सार्ने चर्चा: के पाक्दैछ भित्र ?
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले सोमबार सोलुखुम्बु पुगेर यस्तो आरोप लगाए । ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’

उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी समेत दिए । प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै ओलीले भनेका थिए– चुनाव सार्ने चेष्ट नगरियोस्, बालुवाटारका बैठकमा यस्तो विषयमा छलफल नहोस् ।

त्यसको प्रतिउत्तर दिएका थिए काठमाडौँबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले । देशव्यापीरुपमा स्थानीय तहको निर्वाचनको प्रक्रियामा सबै राजनीतिक दल जनताकोबीचमा गइरहेका बेला निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको उनको भनाई थियो ।

आजै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रचण्डले भनेका थिए “केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ, गठबन्धनमा आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । चुनाव वैशाख ३० गते नै हुन्छ, गरिन्छ ।”

उनले नेत्रविक्रम चन्द समूहलाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको आरोप आफूमाथि लाग्ने गरेको पनि बताए । तर उनले भने “विप्लब समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ ।”

उता प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति पनि चुनाव सार्ने खालको थियो । हालै निर्वाचन आचारसंहिता विषयको एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका थिए– दुई चार दिन निर्वाचन सार्नुलाई आफसोच मान्नु पर्दैन तर लामो समय भने निर्वाचन सर्दैन । उनले पनि प्रमुख राजनीतिक दलका नेताहरुले जस्तो चुनाव सर्ने या नसर्ने विषयमा राजनीतिक भाषण नै गर्दै हिँड्ने गरेका छन् । जुन विल्कुलै अमिल्दो देखिन्छ ।

साेमबार नै निर्वाचन आयोगले करिब ४४ जिल्लालाई पुग्ने मतपत्र छापेको जानकारी पत्रकार सम्मेलन गरेर दिएको थियो । तर हिजोसम्म पनि प्रमुख निर्वाचन आयुक्त भने दुइ चार दिन नै किन नहोस् निर्वाचन सर्ने या सार्ने विषयमा कुरा गर्दैछन् ।

एकातिर जिम्मेवार यी नेता र पदाधिकारीहरुबाट अहिले आएर निर्वाचन सार्ने विषयलाई बहसको विषय बनाइनु र अर्कातर्फ गठबन्धन दलका नेताहरुले चुनावी गठबन्धनको मोडालिटी तयार पार्न नसकेर बैठक सारेको सारै गर्नुले पनि चुनाव सार्ने काममा सघाउने हो कि भन्ने आशंका जनतामा जन्मिनु स्वाभाविकै हो ।

त्यसमा फेरि माथि गठबन्धनले गरेको निर्णयलाई स्थानीय पालिकाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुले नमान्ने मुख्य त्रास त कांग्रेसमा छँदैछ । त्यसबाट पनि कांग्रेस सबैभन्दा बढी र त्यसपछि माओवादी डराएको छ । यिनै कारणहरुले गर्दा चनाुवाका विषयमा बालुवाटरमा के पाक्दैछ भन्ने जिज्ञासा जनतामा बढेको देखिएको छ ।