१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससकर्मी न्यौपाने सम्मानित



अ+ अ-

दमौली । राष्ट्रिय समाचार समिति (रासस)का तनहुँ प्रतिनिधि कृष्ण न्यौपाने तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा)बाट सम्मानित हुनुभएको छ । सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुर्याएबापत एन्फाले न्यौपानेलाई सम्मान गरेको हो ।

तनहुँको आँबुखैरेनीमा आज आयोजित साधारणसभा तथा अधिवेशनका अवसरमा न्यौपानेलाई सम्मान गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आनन्दराज त्रिपाठी, एन्फाका अध्यक्ष रत्नकुमार श्रेष्ठले न्यौपानेलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गर्नुभयो ।

सोही अवसरमा प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्लेलाई पनि सम्मान गरिएको छ । एन्फाले साधारणसभा तथा अधिवेशनका अवसरमा सञ्चारकर्मीलाई सम्मानित गर्दै आएको छ । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि त्रिपाठीले खेलकुदले नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म परिचित भए पनि सरकारले खेल क्षेत्रलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो । फुटबल खेलमा सबैको आकर्षण रहेकाले यसको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य लालबहादुर ज्वारचन, व्यास नगरपालिकाका प्रवक्ता एवं सङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष नेत्र गुरुङ, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, भिमाद युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठलगायतले खेलकुदलाई प्राथमिकता दिनुपर्ने आग्रह गर्नुभयो । अधिवेशनले एन्फा तनहुँको नयाँ नेतृत्व चयन गर्नेछ ।