४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

निर्वाचनको माहोल बनाउन अध्यक्ष दाहालको आग्रह

निर्वाचनको माहोल बनाउन अध्यक्ष दाहालको आग्रह
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली जनताले पुनः साथ दिने विश्वास व्यक्त गरेको छ ।

जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित परिवर्तनका कार्यसूचीलाई पूर्णता दिन पनि नेपाली जनताले आफूहरुलाई नै पुनः विश्वास गर्ने माओवादीको दाबी छ । स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा साझा उम्मेदवार टुङ्गो लगाउने चटारोका बीचमा माओवादीको केन्द्रीय प्रचार विभागले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन परिवर्तनकारी एजेण्डाको रक्षाका लागि स्थापना भएको, निर्वाचन संविधानको कार्यान्वयनका लागि आवश्यक रहेको तथा पूर्वमाओवादी घटक एक ठाँउमा आउन लागेका लगायतका सन्देश दिनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि संविधानको रक्षाका खातिर पाँच दलीय गठबन्धन निर्माण भएको अध्यक्ष दाहालको भनाइ छ । स्थानीय निर्वाचनमा संविधानको रक्षामा सामेल भएका दलहरुका बीच साझा मत कायम गरेर अघि बढ्ने भन्दै छलफल जारी छ । साझा उम्मेदवार चयन गर्न छलफलमा जुटेका दलहरुबीच समान धारणा बन्न सकिरहेको छैन । अध्यक्ष दाहाल भन्नुहुन्छ, “एउटै दलभित्र सहमति जुटाउन गाह्रो भएकाले पाँच दलबीच सहमति जुटाएर साझा उम्मेदवार चयन गर्न समय लाग्नु स्वभाविक हो ।”

संवाद अनि सहमति

नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ । त्यो हो, ‘वादे वादे जयते तत्व बोधः’ । निरन्तर छलफलका बीचबाट निर्णय गर्ने अन्तिम अवस्थामा सत्तारुढ दल पुगेका छन् । कूल ७५३ स्थानीय सरकार, त्यसको साझा नेतृत्व चयन गर्ने विषय आफैँमा महत्वपूर्ण छ । महानगरपालिका र उपमहानगरपालिकाको निर्णय केन्द्रबाटै गर्ने तयारी छ ।

अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा भन्नुभयो, “आज रातिसम्म पनि अन्तिम टुङ्गो लगाउँछौँ ।”

देशभर ६ महानगरपालिका छन् । काठमाडौँ र ललितपुर राजधानीका महत्वपूर्ण महानगर हुन् । भरतपुर, पोखरा, वीरगञ्ज र विराटनगर मोफसलका महानगर हुन् । तीन वटामा गठबन्धनको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले लिने सैद्धान्तिक सहमति भएको बताइएको छ । बाँकी तीन महानगर माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले लिने विषयमा समान धारणा बनेको अध्यक्ष दाहालले बताउनुभयो । सोही मोडलमा इटहरी, धरान, जनकपुर, कलैया, जीतपुर सिमरा, हेटौँडा, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको निर्णय गर्ने गठबन्धनको तयारी छ ।

गठबन्धनले नगरपालिका र गाँउपालिकाको हकमा निर्णय गरेर जानकारी गराउन जिल्ला समितिलाई नै अधिकार दिएको छ । विवाद भएका वा समस्या देखिएका नगरपालिका वा गाँउपालिकामा मिल्न सक्ने ठाँउ भए मिलाउने तयारीमा गठबन्धनको शीर्ष नेतृत्व छ । निर्वाचन आयोगले यही वैशाख १२ गतेका लागि उम्मेदवार मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसअघि नै उम्मेदवार छनोट गर्नुपर्ने बाध्यता र दबाव छ ।

गठबन्धन परिवर्तनकारी एजेण्डा संस्थागत गर्न

पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन परिवर्तनका एजेण्डा संस्थागत गर्ने कार्यभारका साथ स्थापना भएको स्पष्ट पार्नुभयो । “समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालाई उल्ट्याउन खोज्ने प्रवृत्ति देखा परेको थियो । त्यसलाई रोक्न गठबन्धन बनेको हो” उहाँले भन्नुभयो ।

नेपाली जनताको विकास र समृद्धिप्रतिको चाहनालाई सम्बोधन गर्दै राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक रहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरताका लागि दुई ठूला कम्युनिस्ट पार्टीको एकताबाट नेकपा बनाइएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यसको दुःखद् परिणती नेपाली जनताले भोगेको बताउनुभयो ।

नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले पनि निर्वाचनमा भाग लिने मनसाय बनाएको छ । सो पार्टीका नेताद्वय धमेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीले आइतबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो, “उहाँहरुलाई निर्वाचनमा सहभागी हुनका लागि सकारात्मक वातावरण बनाउनुपर्छ भन्नेमा गठबन्धनमा साझा मत छ ।”

अध्यक्ष दाहालले आफ्नो पार्टी कमजोर नरहेको र एक्लै निर्वाचनमा जान तयार रहेको स्पष्ट पार्नुभयो । “तर गठबन्धन एउटा निश्चित उद्देश्यका लागि बनेकाले साथ साथै अगाडि बढ्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

सबै स्थानमा गठबन्धन हुने अवस्था छैन । त्यस्ता स्थानमा गठबन्धनमा आवद्ध दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने वा एजेण्डा मिल्नेसँग सहकार्य गर्ने माओवादी केन्द्रको तयारी छ ।