४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

मंगलबार पुनः बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक

मंगलबार पुनः बस्नेगरी सकियो सत्ता गठबन्धनको बैठक
अ+ अ-

काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन ।

सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो ।

तर धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन भोली (मंगलबार) साँढे ११ बजे पुनः बैठक बोलाइएको काँग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । उहाँले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरुबीच व्यापक छलफल भएको र भोली त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको पनि बताउनु भयो ।

भोली चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने सञचारमन्त्री कार्कीको भनाई छ । उहाँले भन्नु भयो, ‘चुनावी तालमेलका बारेमा हामीले गम्भिरतापूर्वक छलफल गरेका छौं । र सहमतीको नजिक हामी पुगेका छौं । भोली साँढ बजे पनि सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्नेछ । र, मलाई विश्वास छ–भोली योयो ठाउँमा यसरी सहमती भयो भनेर जानकारी गराउन सक्दछु ।

समग्रमा हामी सबै ठाउँमा सहमतीको नजिक पुगेका छौं । र, यसर्लाइ अन्तिम रुप दिनका निमित्त भोली बैठक बस्दैछौ । धेरै ठाउँमा सहमतीको नजिक पुगेका छौं । सकारात्मक ढंगले अघि बढनुपर्छ भन्ने कुरामा गठबन्धनका सबै नेताहरु सहमत हुनुहुन्छ । महानगर ६ वटा उपमहानगरपालिका ११ वटा गरेर १७ वटा छन । ती सबै ठाउँमा हामीले बस्तुगत रुपमा नै छलफल गरेका छौं । र, यो छलफल सकारात्मक छ । र, भोली हामी यसलाई अन्तिम रुप लिएर भोली म सार्वजनिक गर्नेछु ।’

बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।