• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित ★   नेपालले आठ विकेट गुमायो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता ★   तरकारीले बजार नपाउँदा किसान मर्कामा

पृथ्वी शाहको रकम फुकुवा गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौँ । सर्वोच्च अदालतले विदेशबाट ल्याएको रकम रोक्का गरिएको विषयमा पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा अन्तरिम आदेश अस्वीकार गरेको छ ।

पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले गत साउन १२ मा सर्वोच्चमा निवेदन दिएका थिए ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवाका लागि शाहले दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थाल्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागलाई पनि शाहका कारोबारको विवरण पठाएर अनुसन्धान गर्न भनेको थियो । त्यसविरुद्ध शाह सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेसँगै अब शाहका खाता र कारोबारमाथि भइरहेको अनुसन्धान नरोकिने भएको छ । सर्वोच्चले शाहका सबै निवेदनलाई अब पूर्ण सुनुवाइ गर्ने भएको छ ।