१ आश्विन २०८३, बिहीबार
,
Latest
विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी शाहको रकम फुकुवा गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले विदेशबाट ल्याएको रकम रोक्का गरिएको विषयमा पृथ्वीबहादुर शाहले पेश गरेको रिट निवेदनमा अन्तरिम आदेश अस्वीकार गरेको छ ।

पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले गत साउन १२ मा सर्वोच्चमा निवेदन दिएका थिए ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रूपैयाँ फुकुवाका लागि शाहले दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थाल्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागलाई पनि शाहका कारोबारको विवरण पठाएर अनुसन्धान गर्न भनेको थियो । त्यसविरुद्ध शाह सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेसँगै अब शाहका खाता र कारोबारमाथि भइरहेको अनुसन्धान नरोकिने भएको छ । सर्वोच्चले शाहका सबै निवेदनलाई अब पूर्ण सुनुवाइ गर्ने भएको छ ।